Homeसमाचारमहाधिवेशन र सञ्चारको सुविधा कटौतीबारे छलफल

महाधिवेशन र सञ्चारको सुविधा कटौतीबारे छलफल

विर्तामोड ५ मंसिर । झापाको विर्तामोडमा भएको नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुको भेलामा सञ्चार क्षेत्रमा देखिएका समस्या, युनियनको महाधिवेशन, प्रेस युनियनमा आवद्ध पत्रकारहरुको अवस्था र नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगतका निर्वाचनमा युनियनमा आवद्ध सदस्यहरुको उपस्थिति लगायतका विषयमा छलफल भएको छ ।
नेपाल प्रेस युनियन झापाको आयोजना र महासचिव अजयबाबु शिवाकोटीको उपस्थितिमा सम्पन्न छलफलमा प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले शाखाले जिल्लामा गरेका केही महत्वपूर्ण कामका साथै कांग्रेको १४ औं महाधिवेशनमा प्रेस युनियनले निर्वाह गरेको भूमिका लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
छलफलमा सहभागीहरुले युनियनको महाधिवेशन नहुनुको कारणबारे खबरदारी गर्नुका साथै लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने नाममा विज्ञापन बोर्डले सञ्चारमाध्यमहरुको थप तीन प्रतिशत रकम कटौती गरेकोबारे युनियन केन्द्रको मौनताबारे प्रश्न उठाएका थिए ।
चालु आर्थिक वर्ष शुरु भएसंगै सूचना विभागले दिदै आएको विज्ञापन विज्ञापन बोर्डमार्फत दिन थालिएको छ भने लोककल्याणकारी सूचना प्रकाशित गरेवापत सञ्चारमाध्यमहरुले पाउँदै आएको सुविधामा विज्ञापन बोर्डका नाममा थप ३ प्रतिशत रकम कटौती गरिएको छ । यसअघि सूचना विभागले उपलब्ध गराउँदै आएको सूचनालाई नै विज्ञापन बोर्डमार्फत उपलब्ध गराएर सञ्चार माध्यमले पाउँदै आएको सुविधा कटौती गर्नुले साना लगानीका सञ्चारमाध्यमहरुमा थप आर्थिक भार बढेको पत्रकारहरुले गुनासो गर्दै आएका छन् ।
विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापनका अतिरिक्त अन्य व्यवसायिक विज्ञापन उपलब्ध गराउनु पर्नेमा बोर्ड पदाधिकारी तथा सदस्यहरु सञ्चारमाध्यमकै रकम कटौती गरेर तलब र भत्ता खाएर बसेको सञ्चारमाध्यम सञ्चालकहरुको आरोप छ । सहभागीहरुले सूचना विभागले उपलब्ध गराउँदै आएको सूचनामात्र उपलब्ध गराएर विज्ञापन बोर्डका नाममा सञ्चारमाध्यमलाई आर्थिक भार नथप्न उनीहरुले माग गरेका छन् ।
छलफलमा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका निवर्तमान सभापति कृष्ण हुमागाँई, केन्द्रीय प्रतिनिधि रेजिना गौतम, नेपाल पत्रकार महासंघ झापा शाखाकी उपाध्यक्ष सुशिला संग्रौला, नेपाल प्रेस युनियन झापाका सचिव डिल्लीराम घोर्साइँ, उद्योग वाणिज्य संघ विर्तामोडका उपाध्यक्ष सञ्जीव घिमिरे, ग्लोबल टिभीका सञ्चालक शेखर सेढाईँ, प्रेस युनियन झापा सदस्य कमल सिटौलालगायत युनियनमा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहाधिवेशन र सञ्चारको सुविधा कटौतीबारे छलफल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img