भद्रपुर ३० कात्तिक । दशवर्षको अन्तरमा झापामा घर परिवार संख्यामा झण्डै ३४ प्रतिशतले घर परिवार संख्यामा बृद्धि भएको प्रारम्भिक अनुमानले देखाएको छ ।
१२ औं राष्ट्रिय जनगणना अन्तरगत झापासहित देशभर जारी जनगणनाका क्रममा झापामा घर परिवार सम्बन्धी गरिएको प्रारम्भिक अनुमान अनुसार दशवर्ष अघि गरिएको ११ औं राष्ट्रिय जनगणनाको तुलनामा ३४ प्रतिशतले घरपरिवार संख्यामा बृद्धि भएको जिल्ला जनगणना कार्यालय भद्रपुरका प्रमुख चुडामणी लुईँटेलले जानकारी दिनुभयो ।
१२ औं राष्ट्रिय जनगणनामा झापामा २ लाख ४७ हजार ५०० घरपरिवारमा जनगणना गरिने अनुमान गरिएको छ भने ११ मा १ लाख ८४ हजार ६५० घर परिवारमा जनगणना गरिएको तथ्याङ्कले देखाएको छ ।
जनगणनाका लागि झापामा १ हजार १८७ जना गणक र सुपरीवेक्षक सहित कुल १ हजार ४५२ जना कर्मचारी कार्यक्षेत्रमा खटिएका छन् । अक्सर बसोबासका आधारमा गरिने गणना गरिंदैछ ।
जनगणनाको १२ औं श्रृङ्खला अन्र्तगत ५५ वटा प्रश्नावलीका आधारमा विवरण संकलन गरिने छ । ती मध्ये ३७ वटा व्यक्तिगत विवरणका प्रश्नावली हुने छन् भने पारिवारिक र सामुदायिक प्रश्नावली समेत तय गरिएको छ । यी प्रश्नावलीले कृषि, रोजगार, आर्थिक अवस्था, स्थायी बसोवास, अस्थायी बसोवास लगायत राज्यको आय–व्यय तथा नीतिगत योजनाका लागि तथ्यगत विवरण निर्माण हुने छन् ।
१० वर्षमा झापामा ३४ प्रतिशतले घरपरिवार बृद्धि

































































































