HomeFeatured 2एमाले प्रवेश गरेको प्रचार गरिएका शिक्षकले भने ‘मलाई झुक्याइयो, म माओवादीमै छु’

एमाले प्रवेश गरेको प्रचार गरिएका शिक्षकले भने ‘मलाई झुक्याइयो, म माओवादीमै छु’

कानेपोखरी १८ असोज । मोरङ कानेपोखरी–४ का एक शिक्षकले आफूलाई एमाले प्रवेश गरेको भनेर प्रचार गरिएको प्रचार झुटो भएको बताएका छन् ।
शिक्षक धनन्जय फुयालले आफूलाई झुक्याएर आफ्नै संगठनका साथीहरुबाट एमाले निकट शिक्ष्ँक संगठनमा प्रवेश गराएको र सो विषयमा आफ्नो असहमति रहेको बताएका हुन् । आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै उनले आफू माओवादी निकटको एकीकृत अखिल नेपाल शिक्षक संगठनमै रहेको र माओवादीमै गोलबद्ध हुन सबै शिक्षकलाई आव्हान पनि गरेका छन् ।
‘केही हप्ताअघि मलाई झुक्याएर मेरा आफ्नै संगठनका साथीहरूबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको घटनाप्रति मेरो असहमति रहेको सबैमा जानकारी गराउँछु’, विज्ञप्तिमा उल्लेख छ, ‘सो कार्यक्रममा म आफ्नो इच्छाले नगएको पनि स्पष्ट पार्दछु । राजनीतिक र वैचारिक रूपले उल्टोबाटो हिंडिरहेको एमाले पार्टीनिकटको शिक्षक संगठनमा म नरहेको र एकीकृत शिक्षक संगठनमै रहेको सबैमा जानकारी गराउँछु । साथै देशमा भएका राजनीतिक परिवर्तनको नेतृत्व नेकपा माओवादी केन्द्रबाट मात्रै सम्भव भएको हुँदा सोही पार्टीमा एकताबद्ध हुन सबै श्रमजीवि शिक्षक, बुद्धिजीवी, पेशाकर्मी तथा आम जनतामा हार्दिक अपिल गर्दछु ।’
यसअघि फुयाँल माओवादी निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन कानेपोखरी गाउँ कमिटीको सदीस्य थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2एमाले प्रवेश गरेको प्रचार गरिएका शिक्षकले भने ‘मलाई झुक्याइयो, म माओवादीमै छु’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img