HomeFeatured 2कनकाइ सामुदायिक बनभित्र १२५ प्रजातिका विरुवा रोप्ने तयारी

कनकाइ सामुदायिक बनभित्र १२५ प्रजातिका विरुवा रोप्ने तयारी

बिर्तामोड १४ असोज । जलवायु परिवर्तनप्रति सचेत बनौ र बनाऔं भन्ने मुख्य नारासहित प्राकृतिक संरक्षण समाजको आयोजना र कनकाई नगरपालिका, जिल्ला बन कार्यालय झापा एवं कनकाई सामुदायिक बन उपभोक्ता समूहको संयोजन एवं सहयोगमा कनकाइ सामुदायिक बन परिषरभित्र विभिन्न प्रजातिका विरुवा रोपिने भएको छ ।
बढ्दो अक्सिजनको अभावलाई प्राकृतिक रुपमै परिपूर्ति गर्न सकिने गरी बर, पिपल, निम, बेल, रुद्राक्ष लगायत लगभग १२५ प्रजातिका धार्मिक एवं औषधीय गुणवर्दक बृक्षका विरुवा रोप्न लागिएको आयोजक संस्थाका संयोजक कुमार कटुवालले जानकारी दिनुभयो ।
प्राकृतिक संरक्षण समाजको आग्रह बमोजिक बन परिषरमा धार्मिक एवं जरिबुटीजन्य र औषधीय गुण बोकेका विरुवा रोपिने र त्यसको संरक्षण सामुदायिक बनले गर्ने कनकाइ सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष ख्याम ओलीले जानकारी दिनुभयो ।
‘सामुहिक सम्मान, सबैका लागि अक्सिजन’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सबैभन्दा बढी अक्सिजन प्रवाह गर्ने र मानवका लागि उपयोगी मानिने बर, पिपल, निम, बेल, रुद्राक्षका विरुवा बढी रोपिने बताइएको छ । आगामी असोज २१ गते कनकाई सामुदायिक बन परिषरमा विरुवा रोपिने जनाइएको छ ।
कनकाइ सामुदायिक बन परिसर एवं कनकाई नदी आसपासमा रोपिने विरुवाले नदी कटान नियन्त्रण गर्न र बस्ती सुरक्षित राख्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको कुमार कटुवालले बताउनुभयो ।
बर–पिपल एवं धार्मिक महत्व बोकेका र औषधीय गुण बोकेका विरुवाहरुको रोपण र उचित संरक्षणले बढ्दो प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने, अक्सिजन अभाव न्युन हुने, उक्त क्षेत्रलाई प्रदेश–१ कै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने र नदी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा राखिएको कटुवालले बताउनुभयो ।
जसका लागि अर्जुनधारा–१० निवासी पर्शुराम कटुवालले बर, पिपल लगायत विभिन्न प्रजातिका विरुवा उत्पादन गरिएको बताउनुभयो । विगत केही बर्षयता बर–पिपल बचाऊ अभियान अन्तर्गत स्वयंसेवी रुपमा विरुवा उत्पादनमा लाग्नुभएका कटुवालले हालसम्म झापासहित विभिन्न जिल्लामा बरपिपलका विरुवा रोपणका पठाइएको पनि जानकारी दिनुभयो ।
उहाँले प्राकृतिक संरक्षण समाजकै तत्वावधानमा आफ्नै घर आसपासमा विरुवा उत्पादन गर्नुभएको छ ।
विगतमा चौतारी एवं सार्वजनिक स्थल, मठमन्दिरजस्ता स्थानमा रोपेर नियमितजसो पूजा गरिने बरपिपल पछिल्लो समय काटिन थालेपछि आफू जानी–नजानी त्यसको संरक्षणमा लागेको कटुवालले बताउनुभयो । उहाँका अनुसार नर्सरीबाट विभिन्न स्थानका मानिसहरुले विरुवा लाने गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कनकाइ सामुदायिक बनभित्र १२५ प्रजातिका विरुवा रोप्ने तयारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img