भदपुर १३ असोज । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन भद्रपुर झापाले ३१ औ स्थापना दिवस विविध कार्यक्रम गर्दै सम्पन्न गरेको छ ।
कार्यालय परिषर चन्द्रगढीको प्राङ्गणमा बुधवार आयोजित कार्यक्रमका बीच अग्रजलाई सम्मान , रत्तदान लगायतका विविध कार्यक्रमहरु गर्दै स्थापना दिवस मनाइएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश नं. १ का सांसद एकराज कार्कीले लेखापढी व्यवसायीहरुले आफनो व्यवसायीक पेशा प्रति मर्यादित भएर जनताको काम गर्नु पर्ने बताउनु भयो । एशोसियसन व्यवसायीहरुले पेशालाई चुष्त दुरुस्त र मर्यादित बनाउन कठिबद्ध भएर लाग्न आग्रह गर्दै जनताले गुनासो गर्ने स्थिती बनाउन नहुनेमा उहाँको जोड थियो ।
कार्यक्रममा बोल्दै मालपोत कार्यलय भद्रपुरका प्रमुख योगेन्द्र दुलालले व्यवसायीहरु पेशागत दक्षता र व्यवसायप्रति मर्याृिदत रहेर काम गर्न आग्रह गर्दै भूमी आयोग गठन भए पश्चात मालपोलबाट आइृ पर्ने सम्पुर्ण समस्याहरुको समाधान हुने बताउनु भयो ।
एशोसियसनका पूर्व केन्द्रिय उपाध्यक्ष पुरुषोत्तम अधिकारीले श्रेष्तामा उल्लेखित कुरालाई सेवाग्राही समक्ष कार्यन्वयन गर्न नसक्दा व्यावसायीहरुलाई आरोप लाग्ने गरेको बताउनु भयो । उहाँले राजनितिक चलखेलका कारण समस्या आउने गरेको बताउदै समस्याको समाधान गर्न राजनितिक दल तथा कार्यालय कर्मचारीहरु सहितको सहकार्यमा समस्याको समाधान गरिनुपर्ने बताउनु भयो ।
एशोसियसन अध्यक्ष लोकनाथ भट्टराइृको अध्यक्षता तथा सचिव लावण्यकुमार पोखरेलको संचालनमा सम्पन्न कार्यक्रममा एशोसियसन प्रदेश नं एकका प्रदेश प्रमुख युवराज कार्की ,एशोसियसन पूर्व केन्द्रिय सदस्य रमेश पोखरेल, झापा अध्यक्ष शुशिल निरौला ,लगायतले मन्तव्य राखेका थिए । उपाध्यक्ष निरोज पोखरेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा अग्रजहरु क्रमशः प्रेमकृष्ण शर्मा ,विष्णुुप्रसाद संजेल, पुरुषोत्तम अधिकारी ,रमेश पोखरेल,गणेश चापागाई ,लागायतलाई सम्मान गरिएको थियो । सम्पन्न कार्यक्रममा सहभागि ५ जना महिला सहित .३२ .जनाले रत्तदान समेत गरेका थिए ।
लेखापढी कानुन व्यवसायी एशोसियसनको ३१ औं स्थापना दिवसमा विविध कार्यक्रम

































































































