HomeFeatured 2वीरता लेडी जेसीज दुई विधामा उत्कृष्ट, वक्तृत्वकलामा दोस्रो

वीरता लेडी जेसीज दुई विधामा उत्कृष्ट, वक्तृत्वकलामा दोस्रो

बिर्तामोड ८ असोज । वीरता लेडी जेसीजलाई नेपाल जेसीजले दुई विधामा उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ। झापाको विर्तामोडमा रहेको सामाजिक काममा क्रियाशिल रहेको यो संस्थाले सन् २०२१ अन्तरगत विभिन्न उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको हो ।
उत्कृष्ट महिला सशक्तीकरण कार्यक्रम क्षेत्र (क) र उत्कृष्ट कोरोना सचेतना कार्यक्रम क्षेत्र (क) द्वारा वीरता जेसीजलाई सम्मान गरेको अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिइन् ।
नेपाल जेसीजको आयोजना तथा इनरुवा जेसीजको आतिथ्यमा असोज ६ र ७ गते सम्पन्न क्षेत्र क सम्मेलनमा वीरता लेडी जेसीजको उत्कृष्ट कार्यको मूल्याङ्याकन गर्दै सो अवार्ड प्रदान गरिएको नेपाल जेसीजले जनाएको छ ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा क्षेत्र (क) का ४१ वटै शाखाका अध्यक्ष लगायत पदाधिकारीहरु, नेपाल जेसीजका पूर्व र वर्तमान पदाधिकारीहरु साथै देशभरका जेसीज अभियन्ताहरुको सहभागिता रहेको थियो।
यसैबीच वक्तृत्वकला प्रतियोगितामा पनि वीरता लेडी जेसीजले दोस्रो स्थान हासिल गरेको छ। परिवर्तनका लागि उठौँ ! मानव विकासका लागि नेतृत्वका अभ्यासहरू परिवर्तनका लागि जागौं ! मानव विकासका लागि नेतृत्वका अभ्यासहरू शिर्षकमा आफ्नो प्रस्तुति राखेर वीरता लेडी जेसीजकी कृतिका आचार्यले दोस्रो स्थान हासिल गरिन् । उनले मेडल, प्रमाणपत्र र अवार्ड प्राप्त गरिन् । क्षेत्र (क) का ४१ वटा शाखा मध्ये बाट १० जना प्रतिस्पर्धी रहेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2वीरता लेडी जेसीज दुई विधामा उत्कृष्ट, वक्तृत्वकलामा दोस्रो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img