Homeसमाचारविद्युतका पोल वितरण नहुँदा बस्ती नै जोखिममा

विद्युतका पोल वितरण नहुँदा बस्ती नै जोखिममा

भद्रपुर । झापाको भद्रपुर ९ निवासी स्थानीयहरुले विद्युत प्राधिकरण भद्रपुर वितरण शाखाले बस्ति बसेको घरधुरीको आधारमा पोल वितरण नगरिदिदा आफुहरु विद्युतीय जोखिममा रहेको बताएका छन् ।
उनीहरुले मुख्य राजमार्गका पोलहरुबाट तार तानेर १, २ किलो मिटर टाढा सम्मको बस्ती सम्म बासको साटोमा तार बेरेर लैजानु पर्दा हावाहुरी र चट्याङ्ग परेको बेला तार चुटिने र विद्युत सर्ट भइ आगलागि समेत हुन सक्ने संभावित दुर्घटनाले आफुहरु अत्यन्तै जोखिममा रहेको बताएका हुन् ।
प्राधिकरणले बस्ती नभएको ठाउँमा पहुँचका भरमा तत्काल पोल पुर्याई दिने र बर्षौदेखि बस्ती भएको ठाउँमा भने जतिनै आवाज उठाए पनि पोल दिन कन्जुस्याइ गर्दा जोखिम दिनदिनै बढेर गएको उनीहरु बताउछन् ।
पुरानो मकायको काठको पोल भद्रपुरनगरपालिका भित्र हटाई सकियो भनेर भन्ने तर नहटाउने र बस्ती भएको ठाउँमा समेत प्राधिकरणले पोल विस्तार नगरिदिंदा आफुहरुलाई रातमा निन्द्रा न दिनमा भोक भएको स्थानीयहरुको भनाई छ ।
जोखिमयुक्त अवस्थामा केहि समयका लागि मात्र भनेर ल्याईएका तारबाट हावाहुरी बतास आउँदा तार सर्ट भई आफुहरुको घरपरिवारमा हुने डरले जहिले पनि त्रासमा बस्नु परेको स्थानीयहरुको गुनासो छ ।
आफ्नो पोलको अभावमा टिनको छाना गरेको घरमा बर्षौदेखि विद्युतीय तार झुण्डिएको र तारको व्यवस्थापन गर्न आफुले पटक पटक प्राधिकरणमा निवेदन दिए पनि प्राधिकरणले नसुनेको केदारेश्वर टोल विकास संस्था अन्र्तगत डाँफे मिलन चौक निवासी घर धनी तिलकप्रसाद बुढाथोकीले बताउनु भयो ।


उहाँले तत्काल झुण्डिएका छरपष्ट तारहरुको व्यवस्थापन गर्दै पोलको विस्तार गर्न माग गर्दै हावाहुरी आएर तार सर्ट भई घर जल्ने अवस्था सिर्जना भएमा त्यसको जिम्मेवार प्राधिकरणले लिनुपर्ने उहाँको भनाई छ ।
आफुहरुले प्राधिकरणमा पोल विस्तारको लागि निवेदन दिएको र प्राधिकरणले निवेदन दिए पश्चात अनुगमन समेत गरे पनि महिनौ वितिसक्दा पनि विस्तारको कार्यमा सुनुवाई नगर्दा उत्त अनुगमनको समेत कुनै अर्थ नभएको आम टोल निवासीहरुको भनाइ छ ।
पोलको अभावका कारण हाईवेदेखि वासको साटोमा तार बेरेर घर बस्ती भएको ठाँउमा लागि विद्युत प्रयोग गर्दा २/२ महिनामा बासका भाटाहरु फेर्नु पर्ने खेतवारीमा तार झुण्डिएर खेती गर्न समेत समस्या हुने गरेको सिंग्रिभिट्टा निवासी स्थानीय नारायण शंकरले बताए ।
उनले यस्तो अवस्थामा तारको व्यावस्थापन नहँुदा आफुहरु हावाहुरी बतास आउदा जुनसुकै बेला पनि विद्युतीय जोखिममा रहेको उहाँको भनाई छ ।
यस्तो जोखिपुर्ण तरिकाले प्रयोग गरिएको बत्तीको वील समेत पुरै तिर्नुपर्ने बाध्यता रहेको र सबै कुराहरुमा प्राधिकरणले आफुहरुलाइृ अन्याय गरेको उहाँहरुको भनाई छ ।
उत्त क्षेत्रका आम उपभोक्ताहरुले आफुहरुले दिएको निवेदनका आधारमा तत्काल पोल विस्तार गरि जोखिम हटाइ आफुलेहरुको माग सुनुवाइृ गर्नुपर्ने समेत बताएका छन् ।
उनीहरुले सरकारले अतिविपन्न परिवारलाइ मिटर बक्स दिने निर्णय गरे बमोजिम पैसा जम्मा गरे पनि अहिलेसम्म मिटर नपाएको विपन्न स्थानीयहरुको गुनासो रहेको छ ।
स्थानीयहरुका उक्त मागहरु पूरा गर्न वार्ड कार्यालयबाट सिफारिस गरि पठाई सकिएकोले प्राधिकरणले माग सुनुवाई गरि तत्काल समस्याको समाधान गरिदिनु पर्ने वार्ड नं. ९ का जनप्रतिनिधि नुतन पौडेलले बताउनु भयो ।
बस्ती नभएको ठाउँमा पोल विस्तार गर्नुको सट्टा बस्ती भएको ठाउँमा पोल विस्तार गरि समस्याको समाधान गर्नु पर्ने आम स्थानीय उपभोक्ताहरुको भनाइ छ ।
यता प्राधिकरण प्रमुख सञ्जीव शाहले भने निरन्तरताको लकडाउनका कारण समयमा काम हुन नसकेको स्वीकार्दै लकडाउन खुलेसंगै सबै कार्यालयहरु निरन्तर गरिदै लगिने बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविद्युतका पोल वितरण नहुँदा बस्ती नै जोखिममा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img