विर्तामोड । निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले होटल सञ्चालकलाई जरिवाना गरेपछि अहिले सर्वत्र विरोध भएको छ ।
निषेधाज्ञा उल्लंघन गरेको भन्दै विर्तामोड–५ स्थित फुटस्टेप होटल सञ्चालक तिलहाङ लिम्बूलाई जिल्ला प्रशासन कार्यालय झापाले मंगलबार २० हजार रुपैया जरिवाना तिराएको भन्दै प्रशासनको उक्त कार्यप्रति आपत्ती जनाउँदै सामाजिक सञ्जालमार्फत व्यवसायीले विरोध गरेका हुन् ।
विर्तामोड उद्योग वाणिज्य संघमा गत अधिवेशनमा अध्यक्षका प्रत्यासी सुवास भट्टराई –सामान्य होटल खोलेको निहँुमा व्यवसायीलाई अपराधी जस्तो जरिवाना गराउने निर्णय खेदजनक छ । हप्तै पिच्छे निर्णय परिवर्तन गर्ने र भिआइपीहरु स्कटिङसहित मलामी गएकोे उल्लेख गर्दै निषेधाज्ञा पालनको जिम्मेवारी को भन्दै प्रश्न गरेका छन् । बन्दले कृषि उत्पादनमा पुर्याएको क्षतिबारे पनि खबरदारी गरेका छन् ।
भट्टराईकै स्टाटसको कमेन्ट गर्दै धेरैले प्रशासनले व्यवसायीलाई गरेको कारवाहीको विरोध गर्दै कमेन्टमा पर्वत भण्डारीले लेख्छन् –‘राज्य गैह्रजिम्मेवार बन्यो । चौतर्फि खबरदारी गरौँ र हरेक गलत हर्कतको भण्डाफोर गरौँ ।’ त्यस्तै सुजन थपलिया लेख्छन्–‘व्यवसायीको हित मा कुरा उठाउनु पर्यो, व्यापारलाई सहजीकरण गरेर व्यापारीहरु पलायन हुन सक्ने सम्भावनालाई निरुत्साहित गर्नु पर्यो ।’
उक्त स्टाटसप्रति सहमति जनाउँदै गरिएका यी दुई प्रतिनिधि कमेन्ट मात्र हुन् । कमेन्ट गर्ने अधिकतमले व्यवसायीलाई खोपको माग गर्दै व्यवसायलाई सहज बनाउन प्रशासनसंग माग गर्दै व्यवसायीहरुको छाता संगठन विर्तामोड उद्योग वाणिज्य संघलाई व्यवसायिको हितमा आवाज उठाउन झक्झक्याएका छन् ।
लामो समयदेखिको निरन्तर बन्दले व्यापार व्यवसाय चौपट भएका बेला औलामा आउने व्यवसाय मात्र खोलेर अन्य व्यवसयीलाई दमन गर्ने नीति स्विकार्य नहुने उल्लेख गर्दै सबै व्यवसायीलाई चाडो खोपको प्रबन्ध गरी व्यवसाय संचालन गर्ने बातावरण नबनाए व्यवसायीका सटरका ताला बुझाउन बाध्य हुने अलैंची व्यवसायी महासंघका महासचिव समेत रहेका भट्टराईले भनेका छन् ।
व्यवसायीलाई जरिवानाको विरोध, दमनको नीति लिए चावी बुझाउन बाध्य हुने

































































































