Homeसमाचारसर्वपक्षीय सहमतिपछि नगरपालिकामा लगाइएको ताला खोलियो

सर्वपक्षीय सहमतिपछि नगरपालिकामा लगाइएको ताला खोलियो

विर्तामोड । बिर्तामोडमा भएको खोप काण्डको बिषयलाई लिएर नगरपालिकामा लगाएको ताला सर्वपक्षीय छलफल पछि खोलिएको छ । इलाक़ा प्रहरी कार्यालयमा आइतबार बसेको सर्वपक्षीय बैठकले नगरपालिकामा लगाइएको ताला खोल्ने निर्णय गरेको छलफलमा सहभागी नेपाली कांग्रेस बिर्तामोड नगर सभापती तथा वडा नं. ३ का वडाध्यक्ष भोजराज सिटौलाले जानकारी दिनु भयो ।
बैठकले खोपको बिषयमा उत्पन्न भएको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनेको छानबिन समितीलाई निष्पक्ष छानबिन गर्न अनुरोध गर्ने र समितीलाई आवश्यक सहयोग गर्ने, बिवादमा तानिएका फोकल पर्सन ओम खड्कालाई तत्काल ज़िम्मेवारीबाट हटाउन नपालाई अनुरोध गर्ने, बिर्तामोड भित्र खोप संचालन गर्दा अबदेखि सर्वदलीय संयन्त्रले तयार पारे अनुसार खोप संचालन गर्ने र अहिले सम्मको सबै खोपको हिसाब सार्वजनिक गर्ने लगायतका निर्णय भएका छन ।
बैठकमा नगरप्रमुख धु्रर्वकुमार शिवाकोटी, प्रदेश सांसद एकराज कार्की, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, कांग्रेस नगर सभापती सिटौला, नेकपा माओबादीका मोहन सुब्बा, नेकपा एमालेका उमनाथ ओली, राप्रपाकी रञ्जु प्याकुरेल, उधोग बाणिज्य संघ विर्तामोडका अध्यक्ष प्रकाश सिवाकोटी, इप्रका इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष आचार्य, वडाध्यक्षहरु लगायतको सहभागिता रहेको नगरका संचार संयोजक रमेश तिवारीले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसर्वपक्षीय सहमतिपछि नगरपालिकामा लगाइएको ताला खोलियो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img