भद्रपुर । जननायक विश्वेश्वर प्रसाद कोईरालाको ३९ औं स्मृती दिवस संक्षिप्त कार्याक्रमका साथ झापाको भद्रपुर १० स्थित चन्द्रगढीमा सम्पन्न गरिएको छ ।
नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा वीपी चोक धनुषमोडमा बुधवार आयोजीत कार्याक्रमका वीच धनुषमोडमा रहेको वीपीको शालीकमा माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको हो ।
कांग्रेस झापाका उपसभापति राम कट्टेलले वीपीको शालीकमा माल्याअर्पण गर्दै निबर्तमान् प्रधाममन्त्री केपी शर्मा ओलीले गरेको निरंकुशतन्त्रलाई सर्वोच्च अदालतले अंकुस लगाउदै प्रजातन्त्रको बचाउ गरेको बताउनु भयो ।
उहाँले सर्वोच्च अदालतको निर्णयले संविधानको रक्षा गरेको बताउदै समाजवादी आन्दोलनका चिन्तक वीपीले प्रतित्पादन गरेको प्रजातन्त्र सहितको समाजवाद आज पनि उतिकै अपरिहार्य रहेको बताउनु भयो ।
प्रजातन्त्रको रक्षा ,शुसासन र भ्रष्टचारमुत्त देश निर्माणका लागि सदैव वीपीलाई नै सम्झि रहनु पर्ने उहांको धारााणा रहेको छ ।
नेपाली कांग्रेस भद्रपुर नगर सहसभापति मनप्रसाद कोईरालाको सभापतित्व तथा नगर सचिव राम कंडेलको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य पार्टी नगर सदस्य निता बस्नेतले गर्नु भएको थियो ।
कार्याक्रममा जिल्ला सचिव पे्रमबहादुर सम्बाहाम्फे ,भद्रपुर नगर उपासभापति ज्ञानबहादुर चौहान ,नेपाली कांग्रेस झापा पार्टी प्रबक्ता लोकराज ढकाल लगायतका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरु, क्षेत्रीय प्रतिनिधि, जिल्ला प्रतिनिधिहरु लगाएका पार्टी कार्याकर्ताहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेका थियो ।
शालीकमा माल्यार्पण गर्दै मनाइयो वीपीको ३९ औं स्मृति दिवस

































































































