Homeसमाचारसबै नागरिकलाई अविलम्ब खोपको व्यवस्था गर्न प्रेस युनियनको माग

सबै नागरिकलाई अविलम्ब खोपको व्यवस्था गर्न प्रेस युनियनको माग

विर्तामोड । नेपाल प्रेस युनियन झापाले सर्वोच्च अदालतले गरेको संसद पुनस्थापनाको निर्णयको स्वागत गरेको छ ।
युनियनका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा बसेको कार्यसमिति तथा सल्लाहकार र पार्षदसहितको बैठकले असंवैधानिक रुपमा केपी ओली नेतृत्वको सरकारले दोस्रोपटक गरेको संसद विगठनको निर्णय बदर गरेर सर्वोच्च अदालतले संविधानको संरक्षण र लोकतान्त्रिक पद्धतिको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उक्त निर्णयको स्वागत गरेको हो ।
बैठकले सम्पूर्ण नागरिकलाई अबिलम्ब कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कोरोना भाइरस संक्रमणका कारण अस्वस्थ भई होम आइसोलेशनमा रही स्वास्थ्यलाभ लिइरहेका पत्रकारहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको सचिव डिल्लीराम घोर्साईले जानकारी दिनुभयो । कोरोना संक्रमणमा परेर ज्यान गुमाएका पत्रकारहरुप्रति र्बैठकले श्रद्धाञ्जली अर्पण गरेको छ ।
यसैगरी बैठकले नेपाल पत्रकार महासंघको यसअघि सम्पन्न तीनै तहको निर्वाचनमा नेपाल प्रेस युनियन झापाका तर्फबाट निर्वाचित जिल्ला समितिका पदाधिकारी÷सदस्य, प्रदेश सदस्य र केन्द्रीय परिषद सदस्य एवं प्रदेश परिषद सदस्यलाई बधाई ज्ञापन गरेको छ ।
बैठकले युनियनका केन्द्रीय सदस्य गोविन्द चन्द्र क्षेत्री १ नं प्रदेश सरकारले प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको बधाई एवं शुभकामना ब्यक्त गरेको छ । यसैगरी प्रेस युनियन केन्द्रीय पार्षद लोकराज ढकाल नेपाल रेडक्रस सोसाइटी केन्द्रीय विपद ब्यवस्थापन समितिको संयोजक, लेखनाथ भटराई र रणदेव हजाम नेपाली कांग्रेस नीति तथा प्रशिक्षण विभागको शिक्षा विभाग अन्तर्गतका विभागीय विज्ञमा मनोनित हुनुभएको एवं मनोज बस्नेत लायन्स क्लवको जोन चेयर पर्सनमा मनोनित हुनुभएकोमा बधाई एवं सफल कार्यकालको शुभकामना ब्यक्त गरेको उपाध्यक्ष गिरिराज भटराइले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसबै नागरिकलाई अविलम्ब खोपको व्यवस्था गर्न प्रेस युनियनको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img