Homeटंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कार स्थापना

टंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कार स्थापना

विर्तामोड १ साउन । जनआन्दोलन साप्ताहिकका प्रकाशक यज्ञप्रसाद पाठकले एकलाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।
नेपाल प्रेस युनियन झापाका केन्द्रीय पार्षद समेत रहनु भएका यज्ञप्रसाद र सकुन्तला पाठकले उहाँहरुका दिवंगत मातापिता टंकप्रसाद र रमादेवी पाठकका नाममा १ लाख रकम बराबरको टंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकार पुरस्कार अक्षयकोषको स्थापना गर्नुभएको हो ।
नेपाल प्रेस युनियन मातहतमा रहने गरी आफ्ना दिवंगत आमा बुबाका नाममा स्थापित अक्षयकोषको रकम शुक्रबारै युनियनका अक्ष्यक्ष इन्दु पूर्वेली, निवर्तमान अध्यक्ष कृष्ण हुमागाँई, सल्लाहकार राजेन्द्र गौतमसहितको टोलीलाई रकम संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको हो ।
युनियनका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा आजै बसेको कार्यसमिति तथा सल्लाहकार र पार्षदसहितको बैठकले उक्त कोष सञ्चालन सम्बन्धि कार्यविधि पारित गरेको सचिव डिल्लीराम घोर्साईँले जानकारी दिनुभयो ।

स्व. टंकप्रसाद–रमादेवी पाठक


बुबा गोविन्द पाठक र आमा खड्गमायाको कोखबाट वि.सं १९८७ साल माघ २७ गते तेह्रथुम जिल्लाको इवा गा.वि.स. आठराई अर्चलेमा जन्मनुभएका टंकप्रसाद पाठक ऐ.ऐ छातेढुङ्गा–४ ईवाका मोहनलाल उप्रेती र आमा पद्मकला उप्रेतीकी सुपुत्री रमादेवी उप्रेतीसँग विवाह बन्धनमा बाँधिनुभयो । ६ छोरा र सात छोरी अर्थात १३ सन्तानको लालन–पालन गर्ने क्रममा लगभग २५ बर्ष अगाडि झापा झर्नुभएका उहाँका सन्ततीहरु झापा, काठमडौं, अमेरिका लगायतका स्थानमा भएपनि उहाँहरु भने विर्तामोड नगरपालिका–४ मा स्थायी बसोबास गर्नुभयो ।
सन्तानको समृद्धि, सामाजिक सेवा र अध्यात्मिक चिन्तनमा रमाउने दम्पतीमध्ये टंकनाथको २०७३÷०७÷१५ सालमा निधन भयो भने रमादेवी पाठकको २०७८ साल जेठ ५ गते निधन भयो । जन्मपछि मृत्यु अवश्यम्भावी छ, तर आफ्ना पितापुर्खाले राखेको सामाजिक काम एवम् उहाँहरुको विराशतलाई सदास्मरणीय बनाउन काइला छोरा–बुहारी यज्ञप्रसाद–सकुन्तला कार्की पाठकले बुवा आमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
यसअघि टंकप्रसाद र रमादेवीका माइला छोराबुहारी हेमप्रसाद–सरिता पाठकले राष्ट्रियस्तरमा प्रदान गर्ने गरी टंकप्रसाद–रमादेवी राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरिसकेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
टंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कार स्थापना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img