इलाम । उच्च अदालत बिराटनगर, ईलाम ईजलासको परिसर भित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टी भएको छ । जिल्ला सोलुखुम्बु, सल्यान गाउँपालिका घर भई ईलाम नगरपालिका–७ मा भाडामा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ बर्षीया बिमला देवी निरौला पराजुली २८ गते सोमवार बिहान अन्दाजी ७ बजेको समयमा कार्यालय परिसरमा मृत फेला परेकी थिईन् ।
घटनाको बारेमा अनुसन्धान शुरु गरेको र थप अनुसन्धानको लागी संघीय प्रहरी ईकाई धरानबाट तालिम प्राप्त कुकुर सहितको बिशेषज्ञ टोली झिकाई अनुसन्धान गरिएको थियो । निरौलाको हत्यामा सोही कार्यालयका सुरक्षा गार्ड ३५ बर्षीया युवराज बानियाको संग्लग्नता रहेको प्रहरीले जनाएको छ ।
संलग्नता देखिएसंगै बानियालाई पक्राउ गरीएको हो । पक्राउ परेका बानियाले उक्त घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
देवीको हत्यामा अदालतकै सुरक्षागार्डको संलग्नता

































































































