HomeFeatured 2जिपी फाउन्डेसन एग्रो टुरिजम ग्राम विकास समितिद्वारा निचाझोडामा रबर रोपण

जिपी फाउन्डेसन एग्रो टुरिजम ग्राम विकास समितिद्वारा निचाझोडामा रबर रोपण

झापा । गिरीजाप्रसाद कोइराला (जिपी) फाण्उन्डेसन एग्रो टुरिजम ग्राम विकास समिति झापाले शुक्रबार विर्तामोड नगरपालिका क्षेत्र भित्र पर्ने सुन्दर निचा झोडा सामुदायिक वन क्षेत्रमा रबरको विरुवा रोपण कार्य सम्पन्न गरेको छ ।
गिरीजाप्रसाद कोइराला फाण्उन्डेसन एग्रो टुरिजम ग्राम विकास समिति जिल्ला अध्यक्ष चन्द्रप्रसाद अधिकारीको अध्यक्षता तथा झापा क्षेत्र नं.–२ प्रदेश १ का सांसद एकराज कार्कीको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापाको विशेष

No description available.

आतिथ्यतामा सम्पन्न कार्यक्रममा फाउण्डेसनका महिला विभाग प्रमुख उमा शिवाकोटी, झापा अध्यक्ष बुद्धिराज न्यौपाने, जिल्ला रबर ग्राम समन्वय समितिका संयोजक शान्तिराम चिमरिया, सुन्दर निचा झोडा सामुदायिक बन समितिका अध्यक्ष रेनुका उप्रेती, विर्तामोड नगरपालिका वडा नं.–७ का अध्यक्ष चन्द्रकला पकवाल, कनकाई सब डिभिजन सुरुङ्गका प्रमुख दिनेश यादव लगायतले रबरको महत्वबारे धारणा राखेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरुले रबर खेती को बिकास, बिस्तार गर्न सके देशको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने गरिव किसान हरुको जिवन स्तर माथि उक्सने, रोजगारीका अवसरहरु सिर्जना हुने कुरामा जोड दिए । औपचारिक कार्यक्रमको सञ्चालन समितिका सचिव सिताराम बास्तोलाले गर्नुभएको थियो ।
रबरलाई टुरिजमसंग पनि जोड्ने उद्देश्यले गिरीजाप्रसाद कोइराला फाण्उन्डेसनले यसअघि झापाकै बुद्धशान्तिमा रबर बाटिकाको शुरुवात गरेको बताइएको छ ।
रबर छोटो समयमा आम्दानी गर्न सकिने राम्रो खेतिका रुपमा लिइन्छ । झापालाई सरकारले रबर जोनका रुपमा घोषणा समेत गरिसकेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जिपी फाउन्डेसन एग्रो टुरिजम ग्राम विकास समितिद्वारा निचाझोडामा रबर रोपण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img