Homeसमाचारसाहित्य, कला, संस्कृती प्रतिष्ठानद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण

साहित्य, कला, संस्कृती प्रतिष्ठानद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण

असार । साहित्य, कला, संस्कृती प्रतिष्ठान बिर्तामोडले सुरक्षाकर्मी, ट्राफिक प्रहरी तथा सार्बजनिक स्थलमा सुरक्षाका लागि खटिएको सुरक्षा कर्मी (सेक्युरिटी गार्ड) लाई कोभिड १९ लक्षित सुरक्षार्थ स्वास्थ्य सामग्री वितरण गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष भगवती ढुंगेलको संयोजकत्वमा इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक कार्यालय बिर्तामोडलाई मास्क र लिटर सेनिटाईजर बितरण गरिएको हो ।
त्यस्तै आर्थिक कारण स्वास्थ्य सामग्रीको पहँुचमा असहजता भएकालाई बितरण गर्ने गरी नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र अनारमनीका केन्द्र प्रमुख संजयकुमार गुप्ताले ५ सय थान मास्क र ५ लिटर सेनिटाईजर प्रतिष्ठानलाई हस्तान्तरण गर्नु भएको छ । उक्त कार्यको सहजीकरण संस्थाका सदस्य लोकबहादुर सुबेदीले गर्नु भएको थियो ।


संस्थाले आगामी दिनमा पनि समाजसँग प्रत्यक्ष सरोकार राख्ने र इच्छा भएर केही गर्न नसकेका समुदायका साथै साहित्यकार, कलाकारहरुका लागी सकेसम्मको सहयोग जारी राख्ने संस्थाका अध्यक्ष भगवती ढुंगेलले जानकारी दिनुभयो ।
स्वास्थ्य सामग्री वितरण तथा ग्रहण कार्यक्रममा संस्थाका उपाध्यक्ष ईन्द्र कटवाल,सचिब पवन शिवाकोटी, कोषाध्यक्ष सिता कुवर उप्रेती, सदस्यहरु लोकबहादुर सुबेदी, मुना प्रसाई लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण आजिवन सदस्य जनक खड्काले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसाहित्य, कला, संस्कृती प्रतिष्ठानद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img