मोरङ । मोरङ बुढिगंगा गाउँपालिका–२ टंकिसिनवारी स्थित सरस्वती खड्काको घरमा संचालनमा रहेको एनआइसी एसिया बैंकको एटिएममा तोडफोड गरिरहेको अबस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका ९ का २४ बर्षीय मो. ईम्तियाज र २५ बर्षीय मो. अनिष हुसेन रहेका छन् ।
आज बिहानको राती पौने ३ बजे बिभिन्न हाते औजारहरु प्रयोग गरेर तोडफोड गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले फेला पारेको थियो । हाते औजार सहित बैंकको एटिएम तोडफोड गर्ने २ जना पक्राऊ परेका उनीहरुलाई चोरी उद्योग कसूरमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
बैंकको एटिएम तोडफोड गर्ने २ जना पक्राऊ

































































































