हल्दिवारी । गंगामाया तथा नरबहादुर बस्नेत स्मृति क्यान्सर पीडित सहयोग संस्थाले राजकुमार बचाऊ अभियान शुरु गरेको छ ।
विगत एकबर्ष अघिदेखि नशा तथा लिभर सम्बन्धी विरामका कारण थला परेका झापा हल्दिबारी वडा नं–४ लाबुङडाँडाका राजकुमार मावो लिम्बूको उपचारमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक संकलन समिति गठन गरेर राजकुमार बचाऊ अभियान शुरु गरेको हो ।
संस्थाले राजकुमारको उपचार सहयोग संकलनका लागि भुपाल बस्नेतको संयोजकत्वमा समिति समेत गठन गरेको छ । राजकुमार बचाऊ अभियानको गठित समितिको सहसंयोजकमा अनिल चौहान, सदस्यहरुमा सुबास बाह्रकोटी, दीपकराज मैनाली, विर्खबहादुर थाम्सोहाङ, दिलिप शाह, प्रेम राई, विशाल लिम्बू, नरप्रसाद खनाल, नितेश्वर शाह हलुवाई र सन्तु थापा मगर रहेका छन् ।
आर्थिक कठिनाइका कारण अस्पताल भर्ना हुन नसकिरहेका मावोलाई उपचारार्थ कनकाई अस्पताल विर्तामोडमा भर्ना गरिएको जानकारी दिदै संयोजक बस्नेतले सहयोग गरिदिन सबै सहयोगी महानुभावहरुमा आह्वान समेत गर्नुभयो ।
राजकुमारको उपचारमा सहयोग गरिदिन आग्रह

































































































