Homeसमाचारभद्रपुरको कोरोना अस्पतालबाट सातसयले जिते कोरोना

भद्रपुरको कोरोना अस्पतालबाट सातसयले जिते कोरोना

भद्रपुर । भद्रपुर स्थित मेची अस्पतालमा रहेको कोरोना विशेष उपचार केन्द्रबाट ६ सय ९४ जनाले कोभिड १९ परास्त गरी स्वास्थ्य भएर घर फर्कन सफल भएका छन् । कोभिड १९ का कारण स्वास्थ्यमा समस्या आएर उपचार गर्न आइ पुगेका मध्ये ९५ प्रतिशत बढी कोरोना जितेर शकुसल घर फर्कन सफल भएका हुन् ।
मेची अस्पताल मेडिकल रेकर्डर अफिसर मनोज पोखरेलका अनुसार कोरोना संक्रमणको पहिलो लहर र दोश्रो लहरको अवधिमा ७ सय ३७ विरामी उपचारका लागि अस्पताल आइ पुगेकामा ३१ जनालाई उपचार संभव नभएर अन्यत्र रिफर गरिएको थियो भने ५० जनाले उपचारका क्रममा ज्यान गुमाएका छन् । जसमा पहिलो लहरको कोरोना संक्रमण कालमा ४ जनाको मृत्यु भएको अस्पतालमा दोश्रो लहरको अवधिमा ४६ जनाले उपचारका क्रममा ज्यान गुमाएका हुन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन डा. टंकप्रसाद बाह्राकोटीका अनुसार कोरोना संक्रमणले जटिल स्वास्थ्य समस्यामा पुगेका कतिपय विरामी बचाउन नसक्नुको प्रमुख कारण भेन्टिलेटरको अभाव रहेको छ । कोरोनाको दोश्रो लहरमा अस्पतालमा दैनिक सय बढी विरामीको चाप रहँदा प्रतिदिन १९० थानबढी अक्सिजन सिलिण्डर खपत गर्नु परेको जानकारी दिँदै प्रमुख बाह्राकोटी केही दिनयता विरामीको चाप प्रतिदिन ५० भन्दा कम रहेको जनाउँछन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुरको कोरोना अस्पतालबाट सातसयले जिते कोरोना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img