Homeसमाचारझापामा गाँजासहित तीन जना पक्राउ

झापामा गाँजासहित तीन जना पक्राउ

सुरुङ्गा । १२ किलो गाँजासहित झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले तीनजनालाई विहीवार राति नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागू औषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा बिहीबार राति स्थानीय दिलबहादुर मगर, नरबहादुर मगर र ताराबहादुर कुँवर रहेका छन् ।
पक्रऊ परेका दिलबहादुरको घरबाट आठ किलो, नरबहादुरको घरबाट तीन किलो र कुँवरको घरबाट एक किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।
तीनै जनाले पाँचथरबाट गाँजा खरिद गरेर ल्याउने र झापाका विभिन्न स्थानमा बिक्री गर्ने गरेको खुलेको छ । प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार तीनै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा गाँजासहित तीन जना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img