HomeFeatured 2सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति ताप्लेजुङदेखि काठमाडौंसम्म विरोध

सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति ताप्लेजुङदेखि काठमाडौंसम्म विरोध

विर्तामोड । ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रविन्द्र अधिकारी विमानस्थल राख्ने नेपाल सरकारको निर्णयप्रति ताप्लेजुङमा क्रियाशिल नेकपा एमालेसहितका सातदल र ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले निन्दा र भत्र्सना गरेको छ ।
नेकपा एमाले अध्यक्ष बलबहादुर साम्सोहाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष विजय प्रकाश वनेम, नेपाली कांग्रेसका कार्यवाहक सभापति मणिप्रसाद लाबुङ, जनता समाजवादी पार्टीका अध्यक्ष किर्तिमान मादेन, राष्ट्रिय प्रजातन्त्र पार्टीैका प्रदेश सदस्य यामकुमार दाहाल, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष इन्द्रकुमार थलङ र संघीय लिम्बूवान मञ्चका सचिव अशोक मादेनले संयुक्त विज्ञप्ति जारी गर्दै ताप्लेजुङबासी जनताको मर्म र भावना विपरित गरिएको निर्णय अस्वीकार्य हुने जनाएका छन् ।
‘ताप्लेजुङबासी जनताको मर्म भावना विपरित स्थानीय वासिन्दाहरुको इतिहास, पहिचान र मौलिक संस्कृतिमाथि आक्रमण गर्ने गलत नियतले विमानस्थलको नाम परिवर्तन गर्ने निर्णय हामीलाई अस्वीकार्य छ ।’ विज्ञप्तिमा अगाडी भनिएको छ ‘अधिकारीको हेलिकप्टर दुर्घटना भएको स्थल आसपासको क्षेत्रमा रविन्द्र स्मृति पार्क बनाउने विषयमा हाम्रो सहमति नै रहँदै आएको छ । तर, सुकेटार विमानस्थलमा उहाँको नाम जोडेर उहाँलाई विवादित बनाउन खोज्नु स्वर्गीय अधिकारीप्रति नै अपमान भएको छ ।’

No photo description available.


ताप्लेजुङबासी जनता विकास र समृद्धिको पक्षमा रहेको तर विकासका नाममा स्थानीय जनताको मौलिकतामाथिको हस्तक्षेप किमार्थ स्विकार नगर्ने उल्लेख गर्दै विज्ञप्तिमा सरकारी निर्णय जनविरोधी भएकाले यसलाई तत्काल सच्याउन सरकारसंग माग गरिएको छ । निर्णय नसच्चिए सशक्त प्रतिरोध गर्ने उल्लेख गर्दै विज्ञप्तिमार्फत मौलिक पहिचानको संरक्षणका लागि हुने संघर्षका निम्ति एकतावद्ध हुन जिल्लाबासी सबैलाई अपिल समेत गरिएको छ ।
यसैगरी ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका अध्यक्ष चित्रगुप्त साँवाले एक विज्ञप्ति जारी गर्दै सरकारी निर्णयप्रति खेद प्रकट गर्दै निन्दा र भत्र्सना गर्नु भएको छ । स्थानीयको माग विना र ऐतिहासिक पक्षलाई समेत ख्याल नगरी गरिएको स्वेच्छाचारी निर्णयले समाजलाई भाँड्ने उल्लेख गर्दै विज्ञप्तिमा ताप्लेजुङबासीको चाहना बमोजिम नामकरण तत्काल सच्याएर सुकेटार विमानस्थल नै कायम गर्न जोडदार माग गरिएको छ । सरकारको यस गलत कार्यका विरुद्ध उभिन ताप्लेजुङबासी र सरोकारवाला सम्पूर्णमा विज्ञप्तिमार्फत आह्रवान पनि गरिएको छ ।


२०२८ सालमा निर्माण भएको सुकेटार विमानस्थलमा २०३२ सालदेखि हवाई यातायात शुरु भएको थियो । स्थलमार्गबाट समेत यातायात नपुगेको तत्कालीन अवस्थामा ताप्लेजुङ र राजधानीको सम्पर्क शुत्रका रुपमा स्थापित विमानस्थलको हाल धावनमार्ग स्तरबृद्धि जारी रहेको बताइएको छ ।
सरकारले २०७८–०७९ को बजेट भाषण प्रस्तुत गर्ने क्रममा २०७८ जेठ १५ गते सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रविन्द्र अधिकारी विमानस्थल नामकरण गरिएको तथा तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङछिरिङ शेर्पा विमानस्थल राख्ने निर्णय गरिएको अर्थ मन्त्री विष्णु पौडेलले सार्वजनिक गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति ताप्लेजुङदेखि काठमाडौंसम्म विरोध
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img