HomeFeatured 2मेची अभियानले शुरु गर्यो दीर्घ रोगीका लागि टेलिपेथी सेवा

मेची अभियानले शुरु गर्यो दीर्घ रोगीका लागि टेलिपेथी सेवा

काँकरभिट्टा । ‘कोभिडसंगै ननकोभिडलाई सघाऔं’ भन्ने नाराका साथ सामाजिक सेवामा संलग्न मेची अभियानले जुम एपमार्फत टेलिपेथी सेवाको प्रारम्भ गरेको छ ।
२०७२ सालको महाभुकम्प पछि स्थापित मेची अभियानले कोरोना संक्रमित बढेसंगै नन संक्रमित दीर्घ रोगका विरामीले अस्पतालहरुबाट नियमित सेवा लिन कठिन भएको महसुश गर्दै जेठ १५ गतेदेखि दीर्घरोग पीडित विरामीलाई राहत दिने उद्देश्यले विरामी र डाक्टरको प्रत्यक्ष संवाद, समस्या र समाधान खोज्ने प्रयास स्वरुप टेलिपेथी कार्यक्रम शुरु गरेको हो ।
अभियानको उक्त कार्यमा केएचडिसी र मेचीनगर नगरपालिकाको सहकार्य रहेको अभियानका संयोजक विजय डालमियाले जानकारी दिनुभयो ।
आइतबार जुम एपमार्फत आयोजित भर्चुअल माध्यमबाट अभियानले यस अघि गर्दै आएका काम र कोरोना महामारीका समयमा गर्ने कार्यबारे पत्रकारहरुमार्फत सार्वजनिक गरेको छ ।
अभियानले कोरोना संक्रमण अवधीमा कोरोना संक्रमणबारे जनचेतना अभिवृद्धि गर्ने िसंक्रमितलाई संभव भएसम्म उपचार सहजीकरण गर्ने, कोरोनाको समयमा स्वास्थ्य समस्यामा परेका नन कोभिड बिरामीको पहिचान गरि घरैमा पुगेर जुम मार्फत चिकित्सकसंग प्रत्यक्ष संवाद गराई उपचार प्रक्रिया शुरु गर्ने, चिकित्सकको परामर्श अनुरुप जसको आवश्यक हुन्छ , ल्याब परिक्षणका लागि अहेब स्वयंसेवक मार्फत सेम्पल संकलन गर्ने, ल्याब परिक्षणको रिपोर्ट अनुसार चिकित्सकले निश्चित गर्ने औषधि अन्य स्वयंसेवक मार्फत बिरामीको घरमा निशुल्क रुपमै पु¥याउने,
चिकित्सकले जरुरी ठहर गर्ने बिरामीलाई उपचारलागि अस्पतालसम्म पु¥याउने तथा आर्थिक रुपले कमजोर अवस्था भएका बिरामीलाई भने अस्पतालमा निशुल्क उपचारको प्रबन्ध गर्ने,
त्यस्तै अभियानले गर्भवती महिला , सुत्केरी तथा डायलाइसिस गरिरहनु भएका बिरामीलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ ।
अभियानले मेचीनगर, बुद्ध शान्ति, साबिकका गाविसहरु चन्द्रगढी, पृथ्वीनगर, कुमरखोद, गौरीगन्ज र खुदुनाबारी चयन गरेको छ । परिस्थिति अनुसार कार्य क्षेत्र थप गर्न सकिने संयोजक डालमियाले जानकारी दिनुभयो ।
मेची अभियानका संयोजक बिजय डालमियाको नेतृत्वमा रहेकोे यो अभियानको सचिवालय संयोजकमा पुष्पराज पौडेल, औषधि ब्यवस्थापनमा संयोजकमा उमेश सुवेदी, ल्याव ब्यवस्थापन संयोजकमा दिलिप सुवेदी, प्रविधि संयोजनमा इन्जिनियर निशान न्यौपाने र किरण खनाल हुनुहुन्छ भने आफ्नो क्षेत्र भित्र एम्बुलेन्स सेवा मेचीनगर नगरपालिकाले उपलब्ध गराएको छ ।
विभिन्न भूगोल भिन्न समितिको निति अनुरुप क्षेत्रगत रूपमा संयोजक चयन शुरु गरिएको बताइएको अभियानमा स्वास्थ्यकर्मी र अन्य स्वयंसेवीसहित लगभग १०० जना स्वयंसेवक रहेका छन् ।
मेची अभियानले शुरु गरेको उक्त कार्यको प्रशंसा गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोभिडका कारण दीर्घ र जटिल रोगको समस्या भएका मानिसहरुलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण पुष्प पौडेलले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मेची अभियानले शुरु गर्यो दीर्घ रोगीका लागि टेलिपेथी सेवा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img