Homeसमाचारकेपी ओली जाली र झुटको पुलिन्दा

केपी ओली जाली र झुटको पुलिन्दा

झापा । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र शाहको संज्ञा दिनुभएको छ । पार्टीको जिल्ला कमिटी गठन तथा घोषणासभालाई शुक्रबार झापाको बिर्तामोडमा सम्बोधन गर्दै नेता नेपालले ओली र ज्ञानेन्द्रको शैली उस्तै उस्तै भएको उल्लेख गर्दै ओलीलाई दोस्रो अवतार भएको बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै नेता नेपालले भन्नुभयो–‘ज्ञानेन्द्रले गिरिजाप्रसाद कोइराला र मेरो बीचमा कुरा लगाएर केही समय संवादहीनताको वातावरण बनाएका थिए, ओलीले प्रचण्डजी, वामदेवजी र मलाई बेग्लाबेग्लै बोलाएर एकअर्कालाई अनेक प्रलोभन देखाए, त्यो असफल भएपछि संसद विघटन गरे, उसबेला ज्ञानेन्द्रले पनि त्यसै गरेका थिए ।’कार्यक्रममा बोल्दै नेपालले ओली जाली र झुटको पुलिन्दा भएको टिप्पणी गर्नुभयो ।
नेता नेपालले ज्ञानेन्द्रको शासन नटिके जस्तै केपी ओली पतन भएर जान लामो समय नलाग्ने दाबी गर्दै ओलीको पछि लाग्नेहरु पनि स्वार्थले पछि लागेको बताउँनु भयो । ‘चेत खुलेपछि उनीहरू छाँगाबाट खस्छन्, अहिले रमाउनु स्वभाविक हो ।’ कम्युनिस्ट आदर्शबाट विचलित नहुन आग्रह गर्दै नेता नेपालले आवश्यक परे र ओलीले बढी पेले आफू झापामै आएर बस्ने घोषणा बताउनु भयो ।’ केपी ओली आफ्नो नेता हुन नसक्ने बताउँदै नेपालले भन्नुभयो–‘मुकुन्द न्यौपाने, मोहनचन्द्र अधिकारी, सीपी मैनालीसँग काम गरेको व्यक्ति हुँ, केपी ओलीले मलाई राजनीति सिकाएको होइन, उनी चिनजानका व्यक्ति मात्रै हुन् ।’ ओलीसँग नजाने तर एमालेमा रहिरहने प्रष्ट्याएका नेपालले व्यक्तिवाद, गुटबन्दी, निरकुंश शैली, अहंकारवाद र नीच सोचले भरिएको व्यक्ति ओली भएको बताउनु भयो । आफूहरूले गठन गरेको कमिटी समानान्तर नभई मुल कमिटी भएको दावी गर्दै नेता नेपालले चुप लागेर नबस्न नेता, कार्यकर्तालाई आव्हान गर्नुभयो ।
कार्यक्रममा पार्टीका उपमहासचिव घनश्याम भुषलले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा बमोजिम नै अदालतले उहाँको पक्षमा फैसला गरेको बताउनुभयो ।
नेपाल पक्षधर नेकपा एमाले झापाका अध्यक्ष वोधराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ३५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।
सोही कार्यक्रममा नेकपा एमालेका झापा अध्यक्ष वेदराज रेग्मी नेतृत्वको जिल्ला कमिटीलाई नेता नेपालले सपथ गराउनु भएको थियो । चन्द्रमाया श्रेष्ठ उपाध्यक्ष, निलमणी बराल सचिव, मणि भण्डारी सहसचिव रहेको कमिटी ३५१ सदस्यीय छ । त्यस्तै राजु धिमाललाई युवासंघ नेपाल जिल्ला कमिटीको जिम्मेवारी दिइएको छ । १५१ सदस्यीय युवासंघमा रञ्जित मेचे उपाध्यक्ष, निकास पाण्डे सचिव, सुमन वस्ती सहसचिव र मदन मगर कोषाध्यक्ष रहेका छन् । उनीहरूलाई संघका केन्द्रीय सचिव आजाद प्रत्युस रानाले सपथ गराउनु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकेपी ओली जाली र झुटको पुलिन्दा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img