HomeFeatured 2पाँचसय ४५ जना संक्रमित २० गतेदेखि औषधी सेवन अभियान

पाँचसय ४५ जना संक्रमित २० गतेदेखि औषधी सेवन अभियान

रेवतीराज घिमिरे
भद्रपुर ।
झापाको दमक कुमरखोद लगायतका विभिन्न स्थानहरुमा अझै पनि हात्तीपाईले रोगका विमारीहरुको संख्यामा कमी आएको छैन । झापाका यी स्थानसहित अहिलेसम्म पाँचसय ५४ जना हात्तीपाईले रोग संक्रमितहरु रहेको तथ्याङ्क छ ।
जसमा खुट्टा सुन्निएका ७२ , हाईड्रोसिल भएका तीनसय ७२ र हात तथा स्तन सुन्निएका एकसय १० सहित जम्मा पाँचसय ४५ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्कले देखाएको छ । आम औषधी सेवन वितरण कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यले बुधबार विर्तामोडमा आयोजना गरिएको पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो ।
आगामी चैत २० देखि चैत मसान्त सम्मा सञ्चालन हुने आम औषधी सेवन कार्यक्रम २०७७ सम्बन्धि सञ्चारकर्मीहरुसंगको अन्तरकृयामा कार्यालय प्रमुख कार्यलय प्रमुख ईश्वरीप्र्रसाद पौडेलले अभियानको उद्देश्य तथा झापामा हात्तीपाइलेका विरामीको अवस्थाबारे जानकारी दिनुभयो ।
अबको दुईबर्ष भित्रमा झापामा सो अभियान समापन गर्ने लक्ष्यका साथ कार्यालय अगाडी बढेको जानकारी दिंदै सबैले औषधी अनिवार्य सेवन गरि सहयोग गरिदिन आग्रह गर्नुभयो ।
पौडेलले आगामी ५ बर्ष भित्र समापन गरिने अभियानमा सबैले औषधी सेवन नगर्दा १० औं बर्षको अभियान संचालन गर्नु परेको बताउदै विगतमा सबैले निरन्तर औषधी सेवन नगर्दा झापा प्री टेस्टमा पुनः असफल भएको जानकारी दिनुभयो । गत बर्षको अभियानमा ७० प्रतिशतले औषधी सेवन गरे पनि यस बर्ष भने शतप्रतिशत नागरिकालाई औषधी सेवन गराउने योजना रहेको प्रमुख पौडेलको भनाई छ ।
कार्यलयका फोकल पर्सन जीवन चौंलागईले दीर्घ रोगी, एकहप्तासम्मका सुत्केरी, दुईबर्ष भन्दा कम उमेरका बालबच्चा बाहेक अनिवार्य रुपमा औषधी सेवन गर्न आग्रह गर्नुभयो । यो वर्ष स्वास्थ्यकर्मीको निगरानीमा खुवाइने औषधी सेवन कार्यक्रमको स्थानीय तहले अनुगमन गर्ने गरी संयन्त्र तयार गरिएको फोकल पर्सन चौंलागाँईले जानकारी दिनुभयो ।
कार्यलय प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न अन्तरकृयामा पत्रकार महासंघ झापाका पूर्व सभापति कृष्ण हुमागाईले मन्तव्य राख्नु भएको थियो ।
यो वर्ष आठलाख १६ हजार पाँचसय नागरिकलाई औषधी सेवन गराउने लक्ष्य लिएको बताइएको छ । अभियान सफल पार्न कार्यालयले स्वयम सेवक र स्वास्थ्यकर्मीसहित एकहजार दुईसय जना जनशक्ति परिचालन गरिने बतााइएको छ ।
उत्त संख्याका नागरिकहरुलाई २१ लाख डि ई सी नामक हात्तीपाईलेको औषधी र लाखलाख डोज जुकाको औषधी (अल्वेण्डाजोल) वितरण गरिने योजना रहेको कार्यालयले जनाएको छ । प्रदेश नं १ का झापा र मोरङ्ग जिल्लामा अभियान संचालन हुने भएको छ । अभियान सञ्चालनको सूचीमा रहेको धनकुटा पछिल्लो प्री टेष्टमा सफल भएपछि अवको झापा र मोरङ्ग मा भने अभियान अझै २ बर्ष संचालन गरिने भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पाँचसय ४५ जना संक्रमित २० गतेदेखि औषधी सेवन अभियान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img