विर्तामोड । विर्तामोड नगरपालिकालाई बाल मैत्री नगर बनाउने अभियान अन्तरगत नगरक्षेत्र भित्र सञ्चालित विद्यालयका बालक्लब फोकल पर्सनका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बालविकास तथा शिक्षा सञ्चार मञ्च झापाको आयोजना तथा विर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा नीजि विद्यालयका फोकल पर्सन शिक्षक, नगरपालिकाका वडाध्यक्षहरु सहितको सहभागिता रहेको थियो ।
सञ्जालका अध्यक्ष सरोज पौडेको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा विद्यालयमा बालमैत्री भौतिक संरचना, बालमैत्री व्यवहार, दैनिक बोली–चालीमा प्रयोग गरिने भाषा शैली, विद्यालयमा बाल विकासका लागि सूचकहरु लगायतका विषयमा सहजकर्ता दिपक पाण्डेले सहजीकरण गर्नुभएको थियो । त्यस्तै सञ्जालका अध्यक्ष पौडेलले विद्यालयमा बाल क्लब गठन प्रक्रिया, कार्यसमितिको सदस्य संख्या तथा पदावधी लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।
प्रकाश पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन शुष्मा तिखत्रीले गर्नुभएको बताइएको छ ।
विर्तामोड नगरपालिका भित्रका बालक्लब फोकल पर्सनलाई तालिम

































































































