Homeसमाचारआधारभूत व्युटिसियन तालिम सम्पन्न

आधारभूत व्युटिसियन तालिम सम्पन्न

विर्तामोड । विर्तामोड नगरपालिका–१० मा सञ्चालित ब्युटिसियन सम्बन्धी आधारभूत तालिमको समापन गरिएको छ । विर्तामोड नगरपालिका–१० नम्बर वडाको आर्थिक सहयोगमा वडा महिला सञ्जालद्वारा सञ्चालित तालिमको आज समापन गरिएको हो ।


वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षता तथा महिला सञ्जालका अध्यक्ष खिलेश्वरी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुरुङ, कार्यपालिका सदस्य गिता घिमिरे, वडा सदस्य अर्जुन सिटौला, भक्तसिंह राजवंशी, दिपिका शिवा, नेकपा एमाले जिल्ला सदस्य कृष्ण विमली, सैनिक सेवा समाजका अध्यक्ष मनु मुखिया लगायतले शुभकामना मन्तव्य राख्दै तालिममा सिकेको सीपलाई श्रममा बदलेर स्वाबलम्बी बन्न आग्रह गरेका छन् ।
प्रशिक्षक उमा कट्वाल भण्डारीसहितले मन्तव्य राखेको कार्यक्रममा सहभागीका तर्फबाट लक्ष्मी मैनाली, इन्दिरा रसाइली र रुपा राईले जीवनोपयोगी तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका थिए ।
सावित्रा राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सृजना तामाङले गर्नुभएको थियो । गत माघ ५ गतेदेखि शुरु भएको तालिममा वडाभित्रका १७ जना युवा महिलाको सहभागिता रहेको शर्मिला विमलीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआधारभूत व्युटिसियन तालिम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img