Homeसमाचारविर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन : ‘म कुरा होइन काम गर्छु’– शिवाकोटी

विर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन : ‘म कुरा होइन काम गर्छु’– शिवाकोटी

विर्तामोड। बन्द, हड्ताल र चन्दामुक्त विर्तामोड हाम्रो अभियान, सुरक्षित ब्यावसायिक वातावरण हाम्रो स्वाभीमान’ भन्ने मुख्य नारासहित विर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा लोकतान्त्रि क ब्यावसायिक प्यानल चुनावी मैदानमा छ ।
विभिन्न सामाजिक गतिविधिमा सक्रिय एवं उद्योग बाणिज्य संघ विर्तामोडको विभिन्न पदको जिम्मेवारी संहाल्दै आएका वर्तमान बरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीको नेतृत्वमा लोकतान्त्रिक ब्यावसायिक प्यानल चुनावी प्रतिष्पर्धामा उत्रिएको हो ।
म्यानेजमेन्टमा ग्रयाजुएशन गरेका शिवाकोटीको पुर्खौली ब्यापारिक पृष्ठभूमि छ । २०१४ सालदेखि आफ्ना बुवा–दाजुले थालेको पसल शिवाकोटीले लगभग २०५३/०५४ बाट संहाल्दै आएका हुन् । विर्तामोडमा अलस्का अटोमोवाइल्समार्फत टाटा गाडी र मल्टिनेशनल कम्पनीको ट्रेडिङ विजनेश गर्दै आएका युवा ब्यक्तित्व शिवाकोटी ब्यवसायीमाझ लोकप्रिय मानिन्छन् ।
‘पूर्वी पहाडमा उत्पादित सामग्रीको भण्डारण, निकासी/पैठारी र भारत तथा तेस्रो मुलुकबाट विक्रीका लागि ल्याइने सामग्रीको ट्रान्जिट पोइन्ट तथा पूर्वकै प्रमुख ब्यापारिक केन्द्र विर्तामोडलाई ब्यावसायिक हब बनाउने योजना छ’–अध्यक्षका उम्मेद्वार शिवाकोटीले भने–‘नेपाल उद्योग बाणिज्य महासंघ, स्थानीय तह र विर्तामोड उद्योग बाणिज्य संघको सहकार्यमा योजना पूर्ण गर्न सकिन्छ ।’
मुख्य गरी पूर्वी पहाडी क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको संकलन केन्द्र निर्माणका लागि उद्योग बाणिज्य महासंघ, विर्तामोड नगरपालिका र विर्तामोड उद्योग बाणिज्य संघबीच समन्वय भइरहेको उनले बताए । ट्रेडिङ विजनेसमा विर्तामोडलाई देशकै उत्कृष्ठ ब्यावसायिक हब बनाउन सकिने उल्लेख गर्दै उनले नेपाली उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको ब्यापारिक महोत्सव आयोजना गर्ने तथा स्थायी आयोजनास्थल निर्माणका लागि जमिन खरिद गरी प्रदर्शनी स्थल निर्माण गर्ने लक्ष्य सुनाए ।
‘विर्तामोड बजारलाई सँधैका लागि बन्द निषेधित क्षेत्र बनाएर सुरक्षित र शान्तिपूर्ण ब्यावसायिक वातावरण निर्माण गर्ने भिजन छ’–उनले भने–‘ब्यवसायीको विवरण डिजिटल प्रविधिमा राख्ने, स्मार्ट कार्डको ब्यवस्था, कोरोनाबाट प्रभावित ब्यापारी ब्यवसायीको आत्मबल बढाउन विशेष योजना, ब्यवसायी राहतकोष बृद्धि, हरेका ब्यावसायिक सदस्य÷फर्मको वीमा, रात्रीकालीन बजार सञ्चालनको योजना पनि हामीले अघि सारेका छौं ।’
‘मैलो बोलेको कुरा जहिल्यै पूरा गरेको छु’–प्रतिबद्धता पूरा गर्ने आधार के छन् ? भनी सोधिएको प्रश्नमा शिवाकोटीले अगाडि भने–‘प्रतिवद्धता पूरा गर्ने पर्याप्त आधार हामीसँग छ, कार्य अनुभव संहालेका साथीहरु टीममा हुनुहुन्छ, हामीले विगतदेखि नै मासिक बैठक बस्ने, कार्ययोजना बनाउने, अर्को महिना कार्ययोजना कार्यान्वयनको समीक्षा गर्ने र योजना थप गर्ने गरेका छौं ।’
आफूले निरन्तर विर्तामोडका ब्यापारी/ब्यवसायीको हितमा कार्य गरेको र ब्यापारी÷ब्यवसायीबाट माया पाउने विश्वास ब्यक्त गरेका शिवाकोटीले भने–‘हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्यापार महोत्सव, ब्यवसायी राहतकोष स्थापना, विर्तामोडलाई हरितनगर बनाउन गार्डेनिङ, सौर्यवत्ती जडानमा सहयोग, आधुनिक अतिथि सदन निर्माण, कार्यालय ब्यवस्थापनका लागि भवन निर्माण, भूकम्प पीडितलाई राहत वितरण, अफ्ठ्यारोमा परेका ब्यापारी÷ब्यवसायीको हितमा काम गरेका छौं, गरिरहनेछौं ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवले नेपाली उत्पादनलाई विश्वबजारमा पु¥याउन सहयोग पुग्ने र कालान्तरसम्म ब्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने उनी बताउँछन् ।
ब्यवसायीको हित विपरित आएका सरकारी नीति, करनीतिको विरोध गर्दै ब्यापारी/ब्यवसायीको हित अनुकुल नीति निर्माणमा कार्य गरेको अनुभव सुनाउँदै शिवाकोटीले भने–‘सफा, स्वच्छ र ब्यवस्थित पार्किङ स्थल निर्माण, बजार सुरक्षित बनाउन सडकबत्ती, सि.सि. क्यामेरा जडान, उद्योग/ब्यापार क्षेत्रमा आबद्ध श्रमीक/कर्मचारी र उद्योगी/ब्यवसायीबीच देखिएका भाडा र लोड अनलोडसम्बन्धी समस्या समाधान, ब्यवस्थित गोदामको प्रबन्ध, कृषि तथा नगदे बाली भण्डारणका लागि संकलन केन्द्र, ब्यवस्थित पार्किङ स्थल, ब्यावसायिक/सामाजिक शैक्षिक संस्थासँग सहकार्य उद्योग/ब्यवसाय मैत्री वातावरणसहितको विर्तामोडको दीगो विकास, उद्योग/ब्यवसाय सञ्चालन गर्ने क्रममा देखिएका कानुनी कठिनाइ र झण्झटिला प्रक्रियालाई सरल बनाउन पहल गर्छौं ।’
करको दरलाई न्युनिकरण गर्ने, महिलालाई उद्यमशील बन्न प्रोत्साहित गर्ने, प्यान, भ्याटबारे प्रशिक्षण, ढक–तराजु नवीकरण, अपग्रेट लगायतका समस्या समाधान गर्दै विर्तामोडलाई ब्यवसायीमैत्री बनाउने योजना शिवाकोटीले अघि सारेका छन् ।
शिवाकोटीको नेतृत्वमा रहेको लोकतान्त्रिक ब्यावसायिक प्यानलका तर्फबाट बरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, बाणिज्य उपाध्यक्ष्यमा राजकुमार घिमिरे (राजु), जनसम्पर्क महिला उपाध्यक्षमा नैनकला भटराई, महासचिवमा रविन्द्र भटराई, उद्योग सचिवमा कुशल खतिवडा, बाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपेन्द्र राउत, सहकोषाध्यक्षमा राधिका चुडाल हुमागाई, सदस्यमा जीवन खड्का, दीपक अग्रवाल, पुकार बराल, बलराम सिटौला, विशाल थापा, मनोज रौनियार, सन्नी गोयल र महिला सदस्यमा तुलसा खनाल/ढकालले प्रतिष्पर्धा गर्दैछन् ।
अध्यक्षका उम्मेद्वार शिवाकोटीले यही फागुन १६ गते हुने निर्वाचनमा आफ्नो प्यानललाई अत्याधिक बहुमतले विजयी गराउन उद्योगी/ब्यवसायीसँग अपिल गर्दै आफूले राखेका प्रतिबद्धता पूर्ण गरेरै छाड्ने दृढता पनि ब्यक्त गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन : ‘म कुरा होइन काम गर्छु’– शिवाकोटी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img