HomeFeatured 2विर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन : 'गलत सम्झौता गरेर चुनाव लड्दिन’–भट्टराई

विर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन : ‘गलत सम्झौता गरेर चुनाव लड्दिन’–भट्टराई

२०६० सालदेखि व्यवसायिक क्षेत्रमा प्रवेश गरेका सुवास भट्टराईले आगामी नेतृत्वका लागि विर्तामोड नगर उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त व्यवसायिक प्यानलको तर्फबाट अध्यक्षको दावेदारी प्रस्तुत गर्दै उम्मेद्वारी दिएका छन् । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, पाँचथर पाथीभरा स्टोरका प्रोपाइटर रहेर खाद्य किराना तथा अलैंचीको कारोबार गर्दै आएका भट्टराइले यसअघि उद्योग वाणिज्य संघ विर्तामोड शाखाबाट रुपान्तरण हुँदा महासचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
चुनावी तयारी कसरी भइरहेको छ ?
– नेकपा–राप्रपाको गठबन्धनमा संयुक्त व्यवसायी प्यानल निर्माण गरेर चुनावी मैदानमा छौं । हामी उद्योगी व्यवसायीसंग मत माग्ने क्रममा छौं । स्वाभाविक रुपले निजीक्षेत्रको एउटा महत्वपूर्ण ठाउँ विर्तामोड हो । साथै यो बजार नेपालको मात्र नभएर पाकिस्तान, भूटान, बंगलादेश, भारत लगायतका देशहरुको पनि ट्रान्जिट पोइन्टको रुपमा विर्तामोडलाई लिइन्छ । पूर्वी नाका काँकरभिट्टा भन्सार हुँदै विभिन्न खालका धेरै सामान आयात–निर्यात हुने गर्छ । जस्तो नेपालमा उत्पादन हुने अलैंची, अदुवा, अम्लिसो सबै सामानको निकासी काँकरभिट्टा नाकाबाट भएपनि ती वस्तुको भण्डारण विर्तामोडमै हुने गर्छ । अझ अलैंचीको त देशभरबाट यही आएरमात्र बाहिर जाने गर्छ । त्यसो हुँदा यसको महत्व छ । विर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन हुँदा विर्तामोडका व्यवसायीको मात्र नभएर पूर्वी पहाडसहित देशभर महत्वका साथ हेर्ने गरिन्छ । त्यसकारण विर्तामोडबासीले पनि महत्वका साथ लिएका छन् । कतिपय विषयमा विर्तामोड उद्योग वाणिज्य संघले जति काम गर्नुपथ्र्यो त्यो गर्न नसक्दा व्यवसायीहरुमा नैराश्यता पनि छ । यस्तो बेला हुन लागेको वाणिज्य संघको नयाँ नेतृत्व चयनको बेलामा व्यवसायीको विश्वासको मत जित्न खोजिरहेका छौं ।
भोट किन दिने ?
मैले उठाएका मुद्दाहरु मैले आजसम्म गरेका काम हेर्ने जिम्मा अरुलाई नै दिएको छु । मैले गरेको व्यवसाय, मैले नेतृत्व गरेका संस्थाहरु कुन ठाउँबाट कुन ठाउँमा पुगेका छन् भन्ने कुरा यहाँहरुले हेर्न सक्नुहुन्छ । म नहुने काममा त्यति हात हाल्दिन । तर, हुने र मैले गर्न सक्ने काम जो कोहीको व्यक्तिगत होस् वा संस्थागत काम पनि गरेर हिडेको छु । साथै सामाजिक काम गर्दा मिल्न सक्नेसम्म मिलाएर सबैको भावना समेटेर अगाडि बढ्ने गरेको छु । त्यस कारणले गर्दा पनि मलाई मत दिनुहुन्छ र दिनुपर्छ भन्ने व्यक्तिगत बुझाई हो । उद्योग वाणिज्य संघ–सहकारी, सरकारी र नीजि क्षेत्र मध्येको सबैभन्दा महत्वपूर्ण ठाउँ हो । निजी क्षेत्रको सबैभन्दा महत्वपूर्ण क्षेत्रले कुनै पनि योजना बनाएर काम गर्न सकेको अवस्था छैन । यसभित्र धेरै विकृति र विसंगति छन् । ती विकृति विसंगतिलाई हटाउनका लागि २७ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । यो घोषणा पत्रमा ३ वर्षभित्रमा उद्योग वाणिज्य क्षेत्रलाई कस्तो बनाउने भन्ने कुरा समेटिएको छ । यी कुरा पूरा गर्नका लागि अध्यक्षमा मेरो उम्मेद्वारी हो ।
प्रतिवद्धता कार्यान्वयनका विश्वासको आधार के ?
– प्रतिवद्धता कार्यान्वयनका आधार के भन्ने प्रश्न धेरैले गरिरहेका छन् । तर प्रतिवद्धतामा समेटिएका बुँदा सरल र सहज रुपमा काम गर्न सकिने विषयमात्र छन् । चन्द्रगढीमा रात्रीकालीन प्लेन सञ्चालन हुन थालेपछि राति प्यासेन्जर अर्थात ग्राहक आउने गर्छन् । यसरी राति आइपुग्ने र विहानै विर्तामोडबाट बाहिरिने आगन्तुकले बजार बन्द हुँदा सामान खरिद गरेर लान सकेको अवस्था छैन । यसलाई मध्यनजर गरेर स्थानीय तह र प्रशासनसंगको समन्वयमा सुरक्षित आवत–जावत गर्न सक्ने वातावरण मिलाउन सकिन्छ । ९ बजे नै होटल बन्द हुँदा होटल व्यवसायी मारमा छन् । मान्छेहरु साढे आठ बजे होटलमा पुगिसकेका हुँदैनन् त्यसले एकढेड घण्टा खाने समयपनि हुँदैन होटल बन्द गरिहाल्नुपर्छ । त्यसकारण होटल व्यवसायसहित सबै प्रकारका व्यवसाय बेलुका ११ बजेसम्म सञ्चालन गर्न दिनुपर्छ भन्ने नारा अगाडि सारेको छु । फोहोर मैला व्यवस्थापनका सम्बन्धमा अर्जुनधारा, कनकाई र विनपाको समन्वयमा पब्लिक लिमिटेड कम्पनी स्थापना गरेर यसको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माण गरिसकेका छौं । त्यहाँ आगामी बैशाखदेखि तीनवटै नगरपालिकाको फोहोर व्यवस्थापन गर्न सकिन्छ । उद्योग वाणिज्य संघमा रहँदा होस वा नरहँदा आजसम्म मेरो नेतृत्वमा विर्तामोड बजार क्षेत्रमा ६२ वटा सिसि क्यामेरा जडान भएका छन् । यो पर्याप्त छ्रैन । थप जडानका लागि पनि योजना बनाएको छु–जुन स्थानीय तह र निजी क्षेत्रको समन्वयमा हुनेछ । त्यसैगरी पार्किङ र सार्वजनिक शौचालयको अभाव छ । जमिन पनि छैन । त्यसका लागि पनि साल्ट ट्रेडिङको खाली जमिनमा भौतिक संरचना निर्माण नगर्ने सर्तमा पार्किङ एरिया बनाउनका लागि विभागीय मन्त्री (बसन्त नेम्बाङ) संग कुरा भएको छ । उहाँले सकारात्मक रुपमा लिनु भएको छ । सामरिक महत्वका यी दुई काम म चुनावमा हार–जित जे भएपनि गरेर छाड्छु । अर्को समस्या प्रत्येक नयाँ भवन बन्दा पुराना भवनका व्यवसायी विस्थापित हुने गरेका छन् । त्यस्ता बजारको पुनस्थापना गर्न र व्यवस्थित रुपमा सञ्चालन गर्न यहाँका राजनीतिक दल, उद्योगी–व्यापारी, व्यवसायी, उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुसंग छलफल गरी गुरुयोजना बनाउँछौं । र, उक्त गुरुयोजना अनुसार कति मान्छे बेरोजगार छन्, कतिलाई रोजगार बनाउनु पर्ने हो ? हामी यसरी अघि बढ्छौं । व्यवसायलाई सफल रुपमा सञ्चालन र प्रवद्र्धनका लागि ट्रेड एक्सपर्टहरुको व्यवस्था गरी आवश्यकता अनुसारका तालिम, व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका निमित्त लेखा राख्नेदेखि प्रविधिको प्रयोग गरी पसलमै बसेर पनि आन्तरिक राजश्व कार्यालयसंग सम्बन्धित काम गर्न सहजता प्रदान गर्न तालिमको व्यवस्थापन गर्न जरुरी देखेका छौं । यी कुरामा प्रशस्त ज्ञान नहुँदा व्यापारीले व्यवसाय प्रवद्र्धनमा असहजता व्यहोरेका छन् भने लेखा राख्ने ज्ञानको अभावमा आन्तरिक राजश्व कार्यालयले पनि दुःख दिइरहेको अनुभव गरेका छौं । त्यसैले दुई प्रकारका प्रशिक्षण एक्सपर्ट राख्छौं । विर्तामोड क्षेत्रमा भएका १० हजार बढी व्यवसायीलाई व्यवसाय बाणिज्य संघमा दर्ता गर्नुपर्छ, नवीकरण गर्नुपर्छ यो नगरी हुँदैन भन्ने कुराको अनुभूति दिलाउँदै खोजेर आएर व्यवसाय दर्ता गर्ने वातावरण सिर्जना गर्छौं । निजी क्षेत्रको नेतृत्व गरेको वाणिज्य संघले यो काम गर्यो है भनेर अनुभूति दिलाउँछौं ।
संस्थाको निर्वाचनमा राजनीतिक रंग मिसिएको छ ? काम गर्न सकिन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
– ३ महिना अघिदेखि अहिले वाणिज्य संघको नेतृत्व गरिरहेको कांग्रेसलाई सहमतिको वातावरण निर्माण गर्न अनुरोध गरेको हुँ । एक्लै दुई खेमा भएपनि निर्वाचन जित्न सक्छौं भन्ने र अरु राजनीतिक दललाई पाखा लगाउने कांग्रेसको घमण्डका कारण सहमति हुन सकेन यो दुःखदायी कुरा हो । तथापी राप्रपा र नेकपाको गठबन्धन भएपनि यहाँ सबै किसिमका (स्वतन्त्र, जातजाति) लाई समेटेर टिम बनाएका छौं । यो टिम आयो भने काम गर्न सक्छ भन्ने लाग्छ । जहाँसम्म राजनीतिको कुरा छ, उद्योग वाणिज्य संघ बाहिर हुँदा व्यक्तिगत रुपमा राजनीति गरेपनि संघको गेटभित्र छिर्दा राजनीतिक जुत्ता बाहिरै हुन्छन् । सबैको भावना समेटेर काम गर्छौं । आजसम्म मैले जहाँ जहाँ काम गरेको छु, सबैका भावनालाई समेटेर नै गरेको छु । त्यसैले अनुहार हेरेर होइन व्यक्तित्व हेरेर भोट दिनुहोस् भन्न चाहन्छु ।
उम्मेद्वारको टिकट लिन अर्थको चलखेल पनि भयो भन्छन नी ?
–अर्काले के ग¥यो थाहा छैन । नेकपाको तर्फबाट उद्योग वाणिज्य संघमा गएर काम गर्न सक्छ भन्ने नेतृत्वको म एकमात्र उम्मेद्वार हुँ । एकल रुपमा निर्णय गरेर मलाई उम्मेद्वार बनाउनु भएको हो । मैले कुनै पनि पार्टीले टिकटमा हस्ताक्षर गरेर दिएको छैन । टिकटका लागि एक रुपैयाँ पनि खर्चिएको छैन र गर्दिन पनि । यो अन्तिम होइन शुरुवात हो । मेरो काम गर्ने प्लेट फर्म हो । योजना बनाएर काम गर्छु । तर गलत सम्झौता गरेर चुनाव लड्दिन । त्यसैले मैले नेतृत्व गरेको संयुक्त व्यवसायिक प्यानललाई जिताउन अपिल पनि गर्दछु ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2विर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन : 'गलत सम्झौता गरेर चुनाव लड्दिन’–भट्टराई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img