Homeसमाचारअर्जुनधारा प्रेस क्लबको दोस्रो बार्षिक साधारणसभा

अर्जुनधारा प्रेस क्लबको दोस्रो बार्षिक साधारणसभा

शनिश्चरे । अर्जुनधारा नगरपालिका अन्तरगत अर्जुनधारा प्रेस क्लबको दोस्रो बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
क्लबद्वारा स्थानीय साधुटारस्थित हात्ती आहालमा पर्यटकीय क्षेत्रमा आयोजित साधारणसभामा क्लबका अध्यक्ष कुमार भट्टाराईले क्लबको बार्षिक गतिविधि अवगत गराउँदै कार्यालय निर्माण गर्नका लागि दाताबाट केहि धुराजग्गा निःशुल्क प्राप्त भएको जानकारी गराउनु भयो ।
भट्टराईको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रानाले राष्ट्र संकटका कारण नगरका योजनाहरु अलपत्र परेको बताउनु भयो ।
कार्यक्रममा अतिथिका रुपमा पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमाले टेलिफोनमार्फत शुभकामना दिंदै क्लबलाई आफूले सक्ने सहयोग गर्ने वचन दिनुभयो ।
हचुमासा सामुदायिक वन उपभोक्ता समूहमा अध्यक्ष यूवराज लोहारले हात्तीआहाल पर्यटकीय क्षेत्रको आश्यकता तथा चुनौतिहरुका बारेमा जानकारी गराउनु भयो ।
सो कार्यक्रममा समूहका उपाध्यक्ष सन्तबहादुर मगर प्रेस क्लबका सल्लाहकार संयोजक दिपीन राई, कृष्ण बराल, उमाकान्त खनाल, लगायतले शुभकामना मन्तव्य राखेका थिए । सचिव प्रेम आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष रमेश समदर्शीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअर्जुनधारा प्रेस क्लबको दोस्रो बार्षिक साधारणसभा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img