Homeसमाचारओलीको जबरजस्तीले देश संकटमा

ओलीको जबरजस्तीले देश संकटमा

रेवतीराज घिमिरे
भद्रपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासन विपरित जबरजस्ती गर्न खोज्दा देशमा संकट पैदा भएको बताउनु भएको छ ।
नेपाल निजामति कर्मचारी युनियन १ नं. प्रदेशको आयोजनामा झापाको चन्द्रगढीमा केन्द्रिय कार्य समितिको आठौ बैठकको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।
दुई तिहाई बहुमतको दम्भ देखाएर प्रधानमन्त्रीले आफु खुशी अध्यायदेश ल्याई संविधान विपरित संसद विघटन गरेर देशमा अराजकता मौलाउदै गएको बताउदै कांग्रेसले संसद विघटनको कदमप्रति सडक बाहिरबाट संसद पुनः स्थापनाका लागि संघर्ष गर्नुपर्ने बताउनु भयो ।
नेता आचार्यले मानव अधिकार आयोग कमजोर पार्ने उद्देश्यले ल्याइएको विधेयकले देशमा सुशासन कायम हुन नसकेको र भष्टचार मौलाउदै गएको बताउनु भयो ।
आचार्यले कोभिड १९ को बेला सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद प्रकरण लगायतका स्वास्थ्य क्षेत्रमा भएको भष्टचार प्रधानमन्त्री ओलीकै आसेपासेका कारण भएको उल्लेख गर्दै बर्तमान् सरकार देशमा स्थिरता कायम गर्न चुकेको आरोप लगाउनु भयो । संविधान विपरित गएर गरिएको संसद विघटन अलोकतान्त्रिक असंवैधानिक भएको उल्लेख गर्दै नेता आचार्यले केपी ओली आफैको परामर्शमा बनाईको संविधानलाइ उहा आफै बाट संविधानको धज्जी उडाउने काम भएको टिप्पणी गर्नुभयो । अहिलेको अवस्थामा सरकारले चुनाव गराउन नसक्ने बताउदै चुनाव गराउछु भन्ने हल्ला हास्यास्पद मात्र भएको उहाँको धारणा थियो ।
विघटनको मुद्धा सार्वेच्चमा विचाराधिन रहेकोले अदालतका न्यायमुर्तिहरुले संविधानको मर्म र भावना विपरित गएर फैसला नगर्नेमा आफु विश्वस्थ रहेको धाराण राख्नुभयो । बर्तमान् सरकारले आस्थाका आधारमा कर्मचारी समायोजन गर्दा विभेद गरेको उहाँको भनाई रहेको छ । कार्यक्रममा बोल्दै युनीयन संघका केन्द्रिय अध्यक्ष गोपाल पोखरेलले विधिको शासन विपरित गएर बर्तमान् सरकारले कर्मचारीहरुको मनोवल घटाउने उदेश्यले ल्याईको निजामती ऐन खारेज गरिनु पर्नेमा जोड दिनु भयो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमसिनाले कर्मचारीहरुले सुशासन कायम राख्दै सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्र्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा युनियन सघ केन्द्रिय महासचिव सुवास चन्द्र कोइराला,वरिष्ठ उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारी ,उपाध्यक्ष उत्तम कुमार कट्वाल नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा लगायतले बोल्दै बर्तमान् सरकारले कर्मचारी आधिकारीक टे«डयुनियन खारेज गर्ने भन्ने निणर्य गरेर कर्मचारीका हक अधिकारप्रति कुण्ठित गर्न खोजेको बताउनु भयो ।
संघका केन्द्रिय उपाध्यक्ष तथा एक नं प्रदेश संयोजक दिपेन्द्र खत्रीको अध्यक्षता तथा सचिव गोपाल दाहलको संचालनमा सम्पन्न कार्यक्रमको े स्वागत युनीयन संघ झापा अध्यक्ष कविन्द्रबिक्रम नेम्वाङ्गले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारओलीको जबरजस्तीले देश संकटमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img