Homeसमाचारसमाचारखाद्य बैककाे स्थापना, उत्पादनदेखि बजारीकरणसम्मकाे लक्ष्य

खाद्य बैककाे स्थापना, उत्पादनदेखि बजारीकरणसम्मकाे लक्ष्य

झापा । ‘पोसिलो आधारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय खाद्य बैंक स्थापना भएको छ ।
दुई अर्बको लागतमा स्थापना भएको यस बैकले हरेक प्रकारका खाद्यान्न उत्पादन देखि बजारीकरण तथा ‘होम डेलिभरी’सम्मका काम गर्ने बताइएको छ ।
बैंकले सातै प्रदेशमा जग्गा लिजमा लिएर खाद्यान्न, फलफूल, हरियो तरकारी, माछा, मासु ,दहि, दुध, अण्डा सहित नगदेबाली देखि जडिबुटीसम्म आफै उत्पादन गरेर बिक्री वितरण गर्ने उद्देश्य लिएको राष्ट्रिय खाद्य बैंक लि.का सञ्चालक तथा कृषि प्राविधिक राजिवरमण न्यौपानेले बताउनु भयाे।
‘हामीले यो बैंक सामुहिक लगानीमा स्थापना गरेका हौं,’ उहाँले भन्नुभयाे -‘यो बैंकमा लगानी गर्न इच्छुक व्यक्तिले एक लाख रुपैयाँ (हजार कित्ता) देखि ३ करोड रुपैयाँ (तीन लाख कित्ता) सम्म लगानी गर्न सक्ने छन् ।’
देशलाई आत्मनिर्भर बनाउने अभियान स्वरुप स्थापना भएको बैंकमा अहिले २५० जना युवाहरू आवद्ध भइसकेका छन् । एक हजार जना सम्मको सामुहिक लगानी बाट समग्र कृषि क्षेत्रमा लगानी गर्ने बैंकको योजना छ ।
‘बैंकको चाडै उद्घाटन गर्ने तयारीमा हामी छौं, न्यौपाने भन्नुभयाे- ‘देशलाई आत्मनिर्भर बनाउने अभियानका साथ दशैंपछि हामीले खाद्य बैंक दर्ता गरेका हौं ।
पब्लिक कम्पनीको रुपमा स्थापना भएको यो बैंकमा कृषि विज्ञदेखि युवायुवतीलाई आवद्ध गराउने रणनीतिक योजना छ । ‘हामी जग्गा किनेर पैसा रिजर्भ गर्न तर्फ नलागी सिधै उत्पादन सँग जोडिन लागेका हौं,’ उहाँले थप्नुभयाे- ‘यसले देशमा विकराल रुपमा बढ्दै गएको बेरोजगारी समस्या समाधान गर्न र आयात प्रतिस्थापन गर्न योगदान गर्नेछ ।’
नेपाल कृषि प्रधान देश भएपनि वार्षिक ३५/३६ अर्ब रुपैयाँको चामल आयात हुने भएकोले सबैभन्दा पहिला धान उत्पादन गर्ने बैंकको रणनीतिक योजना भएको कृषि विज्ञ न्यौपानेले बताउनुभयाे ।
सरकारी बाँझो जग्गा, सामुदायिक वन तथा गुठीका खाली जग्गाहरू, खोला छेउछाउका खाली जग्गा तथा बगर, विद्युत प्रशारण लाइन मुनीका खाली जग्गा लिजमा लिएर कृषि उत्पादन बढाउने अभियानमा बैंक लागेको हो ।

प्रदेश अनुसार पकेट क्षेत्र छुट्याएर उत्पादन गर्ने बैंकले रणनीति बनाएको छ । कम्तीमा एक हजार विगाह जमिन लिएर हामी उत्पादन शुरु गर्ने तयारीमा जुटेकाे बैकले बर्दियामा २ सय विगाह जमिन लिजमा लिइसकेकाे बताइएको छ। त्यहाँ पनि थप जमिन खोज्ने काम भइरहेको बताउँदै न्याैपानेले भन्नुभयाे- अन्य प्रदेशमा पनि ठूलो स्केलमा जमिन लिएर उत्पादन शुरु गर्दैछौं ।’
बर्दियामा यहि वर्षदेखि वर्षे धान लगाउने तयारी बैंकले गरेको छ । धान विज्ञ भोलामान सिंह बस्न्यातलाई लिएर उहाँकै मार्ग निर्देशन बमोजिम धान उत्पादन गर्ने तयारी गरेकाे बैंकले गोलभेँडा खेतीका लागि डा. केदार बुढाथोकीसँग छलफल भइरहेको उहाँले बताउनु भयाे । अहिले हामीसँग स्थानीय बिउ नभएकाले हाइब्रिडनै बिउनै प्रयोग गरेपनि पछि भने रैथाने बिउ उत्पादन गर्ने बैंकको योजना छ ।
कृषि सम्बन्धि अध्ययन तथा अनुसन्धान गर्दै उच्च प्रविधिको प्रयोगबाट उत्पादन गर्नेदेखि फुड न्यूट्रेसनको बारेमा समेत जानकारी दिलाउने बैंकको अभियान छ । ‘बैंकले खाद्यान्न उत्पादन तथा बिक्री वितरणको लागि आवश्यक ज्ञान, सिप, बिउ बिजन, मलजल, दक्ष जनशक्तिको व्यवस्थापन मिलाउँदै लैजाने छ,’ उहाँले भन्नुभयाे ।
राष्ट्रिय खाद्य बैंकले स्थापना गरेका उत्पादनको सुरक्षित भण्डारणदेखि प्रशोधनसम्मका कार्य गरेर आफै बजारीकरण गर्दै आफ्नै डिपो सञ्चालनदेखि होम डेलिभरीको समेत काम गर्नेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारखाद्य बैककाे स्थापना, उत्पादनदेखि बजारीकरणसम्मकाे लक्ष्य
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img