Homeसमाचारकर्णालीले गर्यो झापाका समाउलको १० लाख बढी ऋण मिनाहा

कर्णालीले गर्यो झापाका समाउलको १० लाख बढी ऋण मिनाहा

शरणामति २१ माघ । विर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले झापा गाउँपालिका वडा नं.–४ बाँसबारीका एक परिवारको १० लाख बढी ऋण मिनाहा गरिदिएको छ ।
संस्थामा शेयर सदस्य बनी २०७७ असार १७ गते २० लाख रुपैयाँ कर्जा लिएका समाउल हकको गत पुस–१ गते निधन भएपछि आज (बुधबार) उनको परिवारलाई कर्जा मिनाहाको पत्र प्रदान गरिएको हो ।
समाउलको निधन हुँदासम्म संस्थामा १७ लाख ७० हजार तीनसय रुपैयाँ ऋण रहेकोमा कर्णाली साकोसको सदस्य सुविधा एवम् कर्जा नीति अनुसार १० लाख ६२ हजार एकसय ७४ रुपैयाँ मिनाहा गरिएको अध्यक्ष टसबहादुर प्रधानले जानकारी दिनुभयो ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यमा कामाटोलीमा आयोजित सदस्य तथा अभिभावक अनुशिक्षण कार्यक्रमका बीच कर्जा मिनाहाको पत्र निधनित सदस्य हककी पत्नी आलेखा जानलाई प्रदान गरिएको हो ।


सोही अवसरमा सदस्य काजकिरिया खर्चवापत ६ हजार रुपैयाँ पनि प्रदान गरिएको थियो । कर्जा मिनाहा पत्र लिने क्रममा हककी पत्नी आलेखा भक्कानिंदै रोएपछि माहोल नै भावुक बनेको थियो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष साहले सहकारीको उद्देश्य पैसाको कारोबार गरेर नाफा कमाउने मात्र नभई सदस्य एवम् समुदायको हितमा काम गर्नु रहेको औंल्याउनु भयो । उहाँले कर्णाली साकोसले झापा गाउँपालिकामा सेवा विस्तार गरेर सहकारीको माध्यमबाट गरिबी निवारणमा सहयोग पुर्याउनुका साथै समस्यामा परेका सदस्यप्रतिको सामाजिक उत्तरदायित्व पूरा गरेको भन्दै धन्यवाद दिनुभयो ।
सदस्य तथा अभिभावक अनुशिक्षण कार्यक्रममा संस्थाका सचिव भूपाल बस्नेतले कर्णालीका शेयर सदस्यले संस्थाद्वारा सञ्चालित विशेष उपचार कोषको सदस्य बनेर पाउने सुविधाका बारेमा अवगत गराउनु भएको थियो ।
कर्णाली साकोसमा विशेष उपचार कोषको सदस्य बन्न पाँचहजार रुपैयाँ तिर्नुका साथैे प्रतिवर्ष प्रतिसदस्य एकहजार नविकरण शुल्क बुझाउनु पर्ने जनाइएको छ । उपचार कोषमा आवद्ध शेयर सदस्य स्वयम् बिरामी भई उपचार गर्नुपरेमा १० लाख रुपैयाँसम्म सुविधा पाउनेछन् भने परिवारका अरु सदस्यहरुबाट पनि एक हजारका दरले शुल्क बुझाएर सदस्य बन्नसक्ने जनाइएको छ ।
यस्तो विशेष कोषको सदस्य बनेका स्वयम्को वा तिनका पति वा पत्नीको मृत्युमा ४० हजार रुपैयाँ मृत्यु राहत प्रदान गरिने व्यवस्था रहेको संस्थाका सचिव बस्नेतले अवगत गराउनु भयो । यसैगरी सदस्यका आमा, बुवा, सासू वा ससुराको मृत्युमा २० हजार रुपैयाँ र छोरा छोरीको मृत्युमा १० हजार रुपैयाँ राहत दिइने बताइएको छ ।
कर्णाली साकोस शरणामति सेवा केन्द्र उपसमिति संयोजक टंक विश्वकर्माको अध्यक्षतामा कामाटोलीमा सम्पन्न सदस्य तथा अभिभावक अनुशिक्षण कार्यक्रमको सञ्चालन उपसमितिका रुद्र बजगाईंले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकर्णालीले गर्यो झापाका समाउलको १० लाख बढी ऋण मिनाहा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img