Homeसमाचारझापाका एकसय ३१ वडामा विरोध प्रदर्शन

झापाका एकसय ३१ वडामा विरोध प्रदर्शन

झापा ८ माघ । के.पी. ओली नेतृत्वको कम्युनिष्ट सरकारले गरेको संसद विघटन विरुद्ध नेपाली कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न गरेको छ ।
केन्द्रीय समितिको पुस १९ को निर्देशन र नेपाली कांग्रेस झापाको पुस २१ गतेको निर्णय अनुसार झापाका १५ वटा स्थानीय तहका १३१ वटै वडामा विरोध प्रदर्शन सम्पन्न भएको छ ।
‘संसद विगठनको देखि ओली नेतृत्वका सरकारका पालामा भएका गलत कदम सच्याउन खबरदारी गर्दै कालोझण्डासहित झापाका सबै वडामा विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न भएको हो ।
विरोध सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्लाका पदाधिकारी/सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय/प्रदेश क्षेत्रीय सभापति, गाउँ/नगर सभापति तथा जिल्लाले वार्डमा खटाएमा प्रतिनिधिहरुले सम्बोधन गरेका छन् । अधिकांश विरोधसभाका बक्ताहरुले प्रधानमन्त्री के.पी. ओलीले संविधानमा संसद विगठनको प्रावधान नै उल्लेख नभएको बताउँदै असंवैधानिक कदमका विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह््न गरेका छन् ।
संविधानको धारा–७६ मा प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने, विश्वासको मत प्राप्त नगरेको अवस्थामा बहुमतको सरकार गठन प्रक्रिया अघि बढाउने, बहुमतीय प्रक्रियाबाट पनि सरकार गठन हुन नसकेको अवस्थामा मात्रै संसद विघटन हुने ब्यवस्था रहेको कानूनविद बताउँछन् ।
प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने प्रक्रिया नै नचाली संसद विगठन गरेपछि नेपाली कांग्रेससहितका दलहरु अहिले सडक संघर्षमा उत्रिएका हुन् ।
वर्तमान प्रधानमन्त्री ओलीले संविधानमा भएका अन्य कुनैपनि प्रक्रिया नअपनाइ आफ्नो विकल्पमा सत्ता सम्हाल्ने कोही नभएको भन्दै संसद विघठन गर्नु परेको तर्क गर्दै आएका छन् ।
यसैबीच विर्तामोड–३ मा आयोजित विरोधसभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले संविधानमा प्रावधान नै नभएको धारा उल्लेख गरेर संसद विगठन गर्नु लोकतान्त्रिक संविधानमाथिकै प्रहार भएको बताउदै लोकतान्त्रिक संविधानको रक्षा कांग्रेसको पहिलो कर्तब्य भएको धारणा राख्नुभयो । वार्डसभापति प्रेम उप्रेतीको सभापतित्वमा सम्पन्न सभामा पूर्व सांसद डिल्ली सिटौलाले पनि बोल्नुभएको थियो ।
उता बुद्धशान्ति ३ मा आयोजित विरोधसभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले कम्युनिष्ट नेतृत्वको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको र संविधानमाथि नै धावा बोलेको बताउनुभयो ।
अर्जुनधारा–८ मा आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले विरोध प्रदर्शन जारी राख्ने बताउदै प्रदर्शनमा सशक्त सहभागिता जनाउन आम आह््वान गर्नुभयो ।
अर्जुनधारा–११ मा आयोजित विरोधसभालाई नेपाली कांग्रेस झापा सभापति उद्वव थापाले सम्बोधन गर्नुभएको थियो । कम्युनिष्ट पार्टीभित्रको बेमेलका कारण संसद विघटन गरेर ओलीले अलोकतान्त्रिक चरित्र देखाएको बताउँदै संविधानको संरक्षणका लागि कांग्रेस जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताउनुभयो ।
यसैगरी झापाको भद्रपुर–५ मा ओमप्रकाश सरावगी, कनकाई–३ मा देउकुमार थेवे, दमक–६ मा विश्वदीप लिङ्देन, मेचीनगर–४ मा राम कट्टेल, ३ मा केशवराज पाण्डे, १४ मा लोकराज ढकालले सम्बोधन गरेका थिए । कांग्रेस झापाले सबै वडामा विरोधसभा सम्पन्न गर्न प्रतिनिधि खटाएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापाका एकसय ३१ वडामा विरोध प्रदर्शन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img