Homeमहिलाविर्तामोड–१० मा व्युटिसियन तालिम शुरु

विर्तामोड–१० मा व्युटिसियन तालिम शुरु

सैनिक ५ माघ । युवा पुस्ताका महिलाहरुलाई सीप सिकाएर व्यवसायिक बनाउने उद्देश्यले विर्तामोड नगरपालिकाको १० नम्बर वडामा सोमबारदेखि आधारभूत व्युटिसियन (एलेवल) सम्बन्धी तालिम शुरु गरिएको छ ।
महिला सञ्जाल उपभोक्ता समितिको आयोजना र वडाकार्यालयको सहयोगमा सञ्चालन हुने तालिमको वडाध्यक्ष दुर्योधन गुरुङले व्यानर वाचन गरेर समुद्घाटन गर्नुभएको थियो ।
वडा नं.–१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यता तथा महिला सञ्जाल उपभोक्ता समितिका अध्यक्ष खिलेश्वरी पाण्डेको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गुरुङ, विर्तामोड नगरपालिका कार्यपालिका सदस्य तथा वडा महिला सदस्य गीता घिमिरे पोख्रेल, नेकपा जिल्ला सदस्य कृष्ण विमली, सैनिक सेवा समाजका अध्यक्ष मनु मुखिया लगायतले शुभकामना व्यक्त गरेका थिए ।
महिला सञ्जाल उपभोक्ता समितिका सदस्य भगवती बस्नेत भण्डारीले स्वागत गरेको कार्यक्रममा वडासदसय अर्जुन सिटौला, भक्तसिंह राजवंशी, दिपिका शिवा, नेपाली कांग्रेस क्षेत्र नं.–३ का क्षेत्रीय सभापति नविन विमली, राप्रपा जिल्ला सदस्य जगतराज बस्नेत, दलित उत्थान सेवा समाजका अध्यक्ष दिलिप रसाइली, टोल विकास संस्थाका अध्यक्षहरुसहितको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव सिर्जना तामाङले गर्नुभएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाविर्तामोड–१० मा व्युटिसियन तालिम शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img