Homeसमाचारदुई सञ्चारकर्मीसहित ६ जनालाई सम्मान

दुई सञ्चारकर्मीसहित ६ जनालाई सम्मान

विर्तामोड ४ माघ । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा दुई सञ्चारकर्मीसहित ६ जनालाई पुरस्कृत तथा सम्मानित भएका छन् ।
विर्तामोड नगरउद्योग वाणिज्य संघको बार्षिक साधारणसभामा पत्रकारद्वय एपीवान टेलिभिजनको झापा संवाददाता सुब्रत न्यौपाने र पूर्वाञ्चल दैनिकका सहसम्पादक तुलसी निरौलालाई नगद राशीसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।
त्यस्तै विर्तामोडको फोहोर व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै विष्णु आचार्यलाई नगदसहित सम्मान गरिएको थियो । पुरस्कारको राशी जनही ११/११ हजार रहेको जनाइएको छ । सोही कार्यक्रममा उद्योग वाणिज्यको केन्द्रीय सदस्यमा निर्वाचित उमेश डालमिया, उद्योग वाणिज्य संघ प्रदेश नं. १ को अध्यक्षमा नवनिर्वाचित टिकाराज ढकाल र सदस्य भूपाल कट्वालाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

No description available.


सम्मानित तथा पुरस्कृतलाई कार्यक्रमका प्रमुख अतिथि तथा सार्कस्तरीय वाणिज्य संघका उपाध्यक्ष चण्डीराज ढकाल, विशेष अतिथि सुधिरकुमार शिवाकोटी, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, विर्तामोड नगरपालिकाका प्रवक्ता अग्नी पाण्डे, नेकपा नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाई सहितले दोसल्ला, सम्मान पत्र र नगद हस्तान्तरण गरेका थिए ।
विर्तामोड नगर उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले वार्षिक प्रस्तुत गरेको कार्यक्रममा सांगठानिक प्रतिवेदन महासचिव प्रशान्त भण्डारी र कोषाध्यक्ष मनोज अग्रवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विर्तामोड नगर उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चण्डीराज ढकाल, विशेष अतिथि सुधिरकुमार शिवाकोटी, टिकाराज ढकाल, उमेश डालमिया, आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख युवराज श्रेष्ठ, कृष्णबहादुर शाही, विर्तामोड नगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, अग्नी पाण्डे, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, ज्ञानुराम प्रसाई, नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यवाहक अध्यक्ष एकराज गिरी, युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महासचिव भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदुई सञ्चारकर्मीसहित ६ जनालाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img