Homeसमाचारसमाचारनारी सञ्चार अक्षयकोषलाई ३० हजार सहयोग

नारी सञ्चार अक्षयकोषलाई ३० हजार सहयोग


विर्तामोड, १३ पुस । आफ्नी गुरुआमाको जन्मोत्सवको अवसरमा झापाका दुईजना समाजसेवी तथा व्यवसायी व्यक्तित्वहरुले नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी प्रोत्साहन अक्षयकोष’मा तीस हजार रुपैयाँ सहयोग गरेका छन् ।

महेन्दरत्न माध्यमिक विद्यालय अनारमनीकी संस्थापक शिक्षक निरा प्रधानको ७६ औं जन्मोसत्वको अवसरमा सोमबार भूतपूर्व विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा पब्लिक क्याम्पस अनारमनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, समाजसेवी तथा सफल व्यवसायी राजकुमार पोखरेलले नगद २५ हजार र प्रेस युनियन झापाका सदस्य पत्रकार तथा गोर्खा टेलरिङ सेन्टरका प्रोपाइटर युवा व्यक्तित्व विरु दर्नालले पाँच हजार रुपैयाँ गरी ३० हजार रुपैयाँ प्रदान गरेका हुन् ।

उनीहरु दुवैले आफूलाई शिक्षाको ज्योति प्रदान गरेर समाजमा स्थापित गराउन सफल गुरुआमाको जन्मोत्सव कार्यक्रममा उहाँको हातबाट नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवकोटीलाई सो रकम प्रदान गरेका छन् ।
मोफसलमै पहिलोपटक पत्रकार महिलाहरु संगठित भएर वि।सं। २०६९ सालमा स्थापना गरेको संस्थाले वि।सं। २०७५ साल भदौमा पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि गर्ने र उनीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने उद्देश्यले रु। २५ लाखको अक्षयकोष स्थापना गर्ने लक्ष राखेर अक्षयकोष स्थापना शुरु गरेको थियो ।
पछिल्लो समयमा अक्षयकोषलाई सहयोग पुर्याउने उद्देश्यले पोखरेल र दर्नालले जस्तै पत्रकारलगायत विभिन्न व्यक्तित्वहरुले आफ्ना तथा विशेष व्यक्तित्वहरुको जन्मदिनमा समेत रकम प्रदान गर्दै आएको संस्थाकी अध्यक्ष शिवाकोटीले बताइन् ।

विद्यायलयले भूतपूर्व विद्यार्थी समाज पहिलोपटक गठन गरेर गुरुआमा प्रधानको जन्मोत्सव मनाएको समाजका अध्यक्ष राजकुमार पोखरेलले बताए । वि।सं। २०२० सालमा दार्जीलिङबाट आएर शिक्षण पेशा सुरु गरेकी प्रधानले अध्यापन गराएका विद्यार्थीहरु डाक्टर, इन्जिनियर, राजनीतिकज्ञ, पत्रकार, साहित्यकार, संगीतकार र सफल व्यवसायी भएको उनले बताए ।
विद्यालयका संस्थापक प्रधानाध्यापक किशोर प्रसाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधानले आफूले पढाएका विद्यार्थीहरुले जन्मोत्सव मनाइदिएकोमा धन्यवाद व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा प्रधानले भारतको दार्जीलिङबाट गरामनीसम्म आएर सुरु गरेको शिक्षणसहितका उनको जीवनीबारे समाजका सदस्य विरु दर्नालले चर्चा गरेका थिए । कार्यक्रममा नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, समाजकै सदस्य उमा शिवाकोटी, विद्यायलयका प्रधानाध्यापक खड्ग खरेललगायतले उनले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
सोही विद्यालयका शिक्षक तथा समाजका उपाध्यक्ष मोहन शिवकोटीले सञ्चालन गरेको कार्यक्रममा पूर्व विद्यार्थीले प्रधानलाई मायाको चिनोसहित स्वस्थ र दीर्घ जीवनको कामना गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारनारी सञ्चार अक्षयकोषलाई ३० हजार सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img