Homeसमाचारगजमेर र बुढाथोकीद्वारा ओली समूहको केन्द्रीय सदस्य अस्विकार

गजमेर र बुढाथोकीद्वारा ओली समूहको केन्द्रीय सदस्य अस्विकार

झापा ८ पुस । हिजो मनोनित गरेका गृहजिल्ला झापाका दुई जना केन्द्रीय सदस्यले नेकपा ओली समूहमा नरहने जनाएका छन् । नयाँ केन्द्रीय सदस्यमा मनोनित झापाका थप १७ मध्ये दुई जनाले सो पद अस्वीकार गरेका छन् ।
प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र झापा क्षेत्र १ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी ओली समूहको नेकपाको केन्द्रीय सदस्य अस्वीकार गरेको जनाएका छन् । राज्यमन्त्री गजमेरले तपाईंले केन्द्रीय सदस्य अस्वीकार गरेको हो भन्ने को जिज्ञासामा एक शब्दमा उत्तर दिइन्, हो । उनले प्रतिक्रियामा भनिन् –‘एउटा विशाल कम्युनिस्ट पार्टीको फुटले नेपाली जनता रोएको बेला मलाई केन्द्रीय सदस्य बन्नु छैन ।’ उनले सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन्–‘बिश्वास र भरोसाको साथ अमूल्य मत दिएको पार्टी बिभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रिय कमिटीको सदस्यको जिम्मेवारीलाई मैले स्वीकार गर्न सकिन ।’
प्रदेशसभा सदस्य बुढाथोकीले आफ्नो फेसबुक वालमा स्टाटस लेखेर केन्द्रीय सदस्य पद अस्वीकार गरेको जनाएका छन् । उनले लेखेका छन्,–‘मलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मन्जुर छैन ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगजमेर र बुढाथोकीद्वारा ओली समूहको केन्द्रीय सदस्य अस्विकार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img