HomeFeatured 2भद्रपुर प्रदेश १ को पहिलो बालमैत्री नगर घोषित

भद्रपुर प्रदेश १ को पहिलो बालमैत्री नगर घोषित

भद्रपुर ७ पौष । झापाको पहिलो नगरपालिका भद्रपुर नगरपालिका प्रदेश १ को पहिलो बालमैत्री शासन स्थानीय नगरका रूपमा घोषित भएको छ । बालमैत्री नगरका रूपमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले प्रदेशको पहिलो तथा नेपालको ५ औं स्थानीय सरकारको रूपमा स्वीकृत गर्दै घोषणा गरेको हो ।
सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले भद्रपुर नगरलाई प्रदेश १ को पहिलो बालमैत्री नगरका रूपमा घोषणा गर्दै प्रदेश सरकारले तयार गरेको प्रमाण पत्र नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेकी थिइन् । २०७४ मंसीरदेखि बालमैत्री शासन युक्त स्थानीय सरकारका लागि नेपाल सरकारको मापदण्ड अनुसारका कार्य अगाडि बढाइ रहेको नगरले ४२ वटा सूचक पूरा गरेको पत्र प्रदेश १ सरकारले प्रदान गरेपछि घोषणाको चरण पार गरेको हो ।
नगर प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षता तथा प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभियान सफल पार्न उत्कृष्ट योगदान दिएको भन्दै पत्रकार दिपक अधिकारी, बालमैत्री अभियान्ता सुमन ढकाल, युवा वैज्ञानिक अनिल प्रधान लगायत विभिन्न बाल क्लव एवम् निकायका व्यक्ति तथा संस्थाहरूलाई सम्मान समेत गरिएको थियो ।
फोकल पर्सन दिपक पाण्डे तथा सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले सञ्चालन गरेको कार्यक्रममा बाल सञ्जाल भद्रपुरका पूर्व अध्यक्ष शुशील खत्री, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुति समेत राखिएको थियो ।
होमनाथ भट्टराईले बालमैत्री अभियानका क्रममा हालसम्म गरिएका प्रगति विवरण सहित भद्रपुर नगरको बाल बालिकाको वर्तमान अवस्था सहित अवधारणा प्रस्तुत गरेका थिए । यस घोषणासंगै झापाको सदरमुकाम समेत रहेको भद्रपुर प्रदेश १ को पहिलो तथा नेपालको पाँचौं बालमैत्री स्थानीय शासन भएको नगर सरकार भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भद्रपुर प्रदेश १ को पहिलो बालमैत्री नगर घोषित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img