Homeसमाचारविराट बहुउद्देश्यीय सहकारीको १५ औं साधारणसभा सम्पन्न

विराट बहुउद्देश्यीय सहकारीको १५ औं साधारणसभा सम्पन्न

विर्तामोड ४ पुस । विराट बहुउद्देश्यीय सहकारी संस्था झापाको १५ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं.–३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्य साधारणसभामा संस्थाका अध्यक्ष मोहन शिवाकोटीले संस्थाको बार्षिक गतिविधि तथा आय–व्यय समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक वर्ष २०७६/०७७ मा ३५ करोड ३६ लाख ४३ हजार ६४५ रुपैयाँ बराबरको कूल कारोवार गरेको विराट बहुेउद्देश्यीय सहकारीको ६ करोड ७९ लाख ९४ हजार दुईसय रुपैयाँ शेयर पूँजी रहेको छ भने २२ करोड ५३ लाख ७६ हजार ५३० रुपैयाँ कर्जा लगानी गरेको अध्यक्ष शिवाकोटीद्वारा प्रस्तुत बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । आव २०७६/०७७ मा ९३ लाख ६८ हजार ४०२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको संस्थाले चालु आवमा १ करोड ६६ लाख ६१ हजार २९९ रुपैयाँ मुनाफा आर्जन गर्ने लक्ष्य राखेको छ ।
२०६३ सालमा ५३ जना शेयर सदस्य रहेर दर्ता भएको संस्थामा गत असार मसान्तसम्ममा दुईहजार ९०८ जना शेयर सदस्य रहेको जनाइएको छ । कोरोना संक्रमणका बाबजुद संस्थाले शेयर सदस्यहरुलाई १४ प्रतिशत बोसन वितरण गर्न सफल भएको अध्यक्ष शिवाकोटीले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष शिवाकोटीको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं.–३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि सिटौला, संस्थाका प्रमुख सल्लाहकार उमानाथ ओली, समाजसेवी राजकुमार पोखरेल, नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कोषाध्यक्ष काजीबहादुर बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन रुद्र सिटौलाले गर्नुभएको थियो । कोरोना भाइरस संक्रमण जोखिमका कारण गत मंसीर २६ गतेदेखि शुरु भएको साधारणसभा शनिबार सम्पन्न भएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविराट बहुउद्देश्यीय सहकारीको १५ औं साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img