HomeFeatured 2नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहयोग जुट्दै

नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहयोग जुट्दै

झापा ४ पुस । नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहयोग जुट्ने क्रम निरन्तर बढिरहेको छ ।
अक्षयकोष बृद्धिका लागि सहयोग गर्नेक्रममा शनिबार एकैदिन दुईवटा संस्थाले सहयोग रकम प्रदान गरेका छन् ।
अक्षयकोषमा सहयोग गर्नेक्रममा विर्तामोड नगरपालिका सैनिक मोडमा मुख्य कार्यालय रहेको विराट बहुउद्देश्यीय सहकारी संस्थाले १५ औं बार्षिक साधारणसभाको अवसर पारेर कोषमा २१ हजार नगद सहयोग प्रदान गरेको छ । साधारणसभाका प्रमुख अतिथि भोजराज सिटौलाले सहकारीद्वारा प्रदान गरिएको नगद राशी नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी र अक्षयकोष बृद्धि तथा परिचालन समितिका संयोजक रेजिना गौतमलाई हस्तान्तरण गरेको सञ्चार गृहका सहसचिव शुशिला संग्रौलाले जानकारी दिनुभयो ।


सोही कार्यक्रममा उक्त अक्षयकोषका लागि विराट सामुदायिक अध्ययन केन्द्रले पाँच हजार एकसय रुपैयाँ सहयोग प्रदान गरेको छ । विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन शिवाकोटीले नारी सञ्चार गृहका अध्यक्ष शिवाकोटी, संयोजक गौतमसहितको टोलीलाई रकम प्रदान गर्नुभएको हो ।
यसैगरी विर्तामोडस्थित निश्चल फार्मेसीका संचालक तथा भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठले अक्षयकोषका लागि ३१ हजार रुपैयाँ प्रदान गर्नु भएको छ भने नारी सञ्चार गृहका कार्यसमिति सदस्य सुनिरा मैनालीले आफूले पत्रकारिता शुरु गरेको आठौं वर्षगाँठको अवसर पारेर आठ हजार आठसय ८८ रुपैयाँ प्रदान गर्नुभएको छ । विवाहमा शुभकामना दिन पुगेको नारी सञ्चार गृहका अध्यक्षसहितको टोलीलाई मैनालीले उक्त रकम प्रदान गर्नुभएको हो ।


अक्षयकोष बृद्धिका लागि सहयोग गर्ने क्रममा भट्टराई कूल बंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई र साना शहरी विर्तामोड खानेपानी सरसफाई तथा उपभोक्ता समितिका उपाध्यक्ष पर्शुराम सिटौलाले पाँच/पाँच हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको नारी सञ्चार गृहका सचिव भूमिका सुब्बाले जानकारी दिनुभयो ।


भट्टराई कूल बंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष भट्टराईले सञ्चार गृहका अध्यक्ष शिवाकोटी र संस्थापक अध्यक्ष सावित्रा दाहाललाई दमकमा र उपाध्यक्ष सिटौलाले अध्यक्ष शिवाकोटीलाई नगद हस्तान्तरण गर्नुभएको सञ्चार गृहका कोषाध्यक्ष ज्योस्ना श्रेष्ठले जानकारी दिनुभयो ।
महिलाका क्षेत्रमा काम गर्ने उद्देश्यले २५ लाखको अक्षयकोष स्थापनाको लक्ष्य राखेको नारी सञ्चार गृहको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा हालसम्ममा लगभग १४ लाख रुपैयाँ संकलन भएको अक्षयकोष बृद्धि तथा परिचालन समितिका संयोजक रेजिना गौतमले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहयोग जुट्दै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img