Homeसमाचारविर्तामोड–३ का पाठक र देवलाई घर जग्गा खाली गर्न गिरोहको धम्की

विर्तामोड–३ का पाठक र देवलाई घर जग्गा खाली गर्न गिरोहको धम्की

झापा २४ मंसीर । झापामा फर्जी जग्गा खडा गरि दलाली गर्ने गिरोह सक्रिय रहेको एकपछि अर्को गर्दै खुल्दै गएको छ ।
विर्तामोड–१ स्थित पाथीभरा सिनेप्लाजा नजिकको ५४७ कित्ता नम्बरलाई ६२२ बनाउन भूमाफिया, नापी र मालपोत कर्मचारीको संलग्नता सार्वजनिक भएको केही समयमै पुनः अर्को गिरोहले विर्तामोड नगरपालिका–३ केही परिवारलाई घर जग्गा जोड्न उर्दि गरेसंगै एकपछि अर्को गिरोह नै सक्रिय रहेको खुलेको हो ।
विर्तामोड नगरपालिका–३ का तुलसीराम, टंक, अर्जुनकुमार पाठक र रमाकान्त देव लगायतलाई घरजग्गा खाली गर्ने उर्दी दिन गएका व्यक्तिहरु मध्ये एकजना दमकस्थित बालुवाटारको ५० औं विगाहा जमिन हडप्ने मुख्य योजनाकार रेवतराज पुरी ९गगन० का निकट रहेको तथ्य सार्वजनिक हुँदै गएको छ ।
बालुवाटार जमिन हडप्ने योजनाकारका रुपमा रहेका पुरी पक्राउ परेपनि उनका दाहिने हात मानिएका दिपकले जग्गा खाली गर्न धम्की दिंदै हिडेसंगै गगन निकटको गिरोह अहिले पनि झापामा सक्रिय रहेको खुलेको छ ।
विर्तामोड नगरपालिका–३ का तुलसीराम, टंक, अर्जुनकुमार पाठक र रमाकान्त देव लगायतको घरजग्गा खाली गर्न उर्दी दिन गएका व्यक्ति ९एकजना०दिपक फुयाल गगनका निकटवर्ती भएको रहस्य खुलेको हो ।
दमकमा न्यू अन्नपूर्ण होटल सञ्चालन गर्दै आएका दिपक, राजु ढकाल, विजय सिटौलासहित समूह मंसीरको पहिलो साता घनेन्द्रकुमारी थापा र सरस्वती ढकालको नाममा बनाइएको फर्जी धनीपुर्जा बोकेर पाठक र देव परिवारलाई धम्क्याउन बिर्तामोड पुगेको थियोे । त्यसबेला दिपकले पाठक परिवारलाई तत्काल जग्गा खाली गर्न धम्की दिंदै भनेको र नमाने नराम्रो हुने चेतावनी दिएको पाठक परिवारले बताएका छन् ।
दिपक अखिल नेपाल चिया मजदुर संघका केन्द्रीय कोषाध्यक्ष रहेको खुलेको छ । उनी जग्गाको कारोबार गर्ने गरेको जानकारहरु बताउँछन् । दिपक फर्जी धनीपुर्जा बोकेर दलबल सहित दुई पटक बिर्तामोड पुगेर पाठक र देव परिवारलाई धम्क्याउने समूहको मुख्य भएको स्रोतको दावी छ ।
दिपक नेकपाको मजदुर नेता भएकाले पनि गगनसँग राम्रो सम्बन्ध भएको नाम उल्लेख नगर्ने शर्तमा नेकपाका एक नेताले बताए ।
दिपकले गगनसँग मिलेर कतिपय काम गरेको तथा एक्लै पनि जग्गा किनबेच र दलाली गर्ने गरेको स्रोतको भनाई छ । मजदुर नेता समेत रहेका दिपकले पार्टीको आडमा धेरै फाइदा लिएको बताउँदै नेकपा प्रदेश १ स्तरीय एक नेताले भने,–उहाँले देखाउने र कमाउने दुबै धन्दा गर्नु हुन्छ, बेइमानीको सिमा उहाँलाई थाहा नै हुन्न । दिपकले पद र शक्तिमा भएका नेकपा नेतालाई रिझाएर दुई नम्बरी धन्दा चलाउने गरेको ति नेताको दाबी छ । झट्ट हेर्दा हेर्दा भद्र र शालीन देखिने दिपकले व्यवहार ठिक विपरीत गर्ने गरेको ती नेताले सुनाए ।
दिपकसँग गएका राजु ढकाल यातायात व्यवस्था कार्यालय बिर्तामोडका कर्मचारी र विजय सिटौला जग्गा कारोबारी भएको खुलेको छ ।
राजुले आफ्नी आमा सरस्वतीको नाममा धनीपुर्जा र जग्गा भएको भन्दै बिर्तामोड ३ मा वर्षौंदेखि बस्दै आएका पाठक र देव परिवारले घर बनाएर बसेको जग्गा देखाउन लागेका थिए ।
विजय जग्गाको प्लटिङ गर्ने व्यक्ति भएकाले मिलेमतोमा पाठक परिवारको आठ कठ्ठा र देवको अढाई कठ्ठा जग्गा उनीहरूले हडप्ने योजना बनाएको खुलेको छ ।
गिरोहले सरकारको स्वामित्वमा रहेको नजिकको, गुठी, मन्दिर र सार्वजनिक ९खोला नदीको बहावले गति बदलिएपछि बनेको खाली ठाउँ० जमिनको मालपोत र नापीका कर्मचारीसँगको मिलेमतोमा भुमाफियाले नक्सा र धनीपुर्जा बनाउने गरेको खुल्दै गएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोड–३ का पाठक र देवलाई घर जग्गा खाली गर्न गिरोहको धम्की
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img