Homeसमाचारकांग्रेसद्वारा प्रदर्शनको तयारी तीब्र, भातृ, शुभेच्छुक संस्था र वार्ड भेला सम्पन्न

कांग्रेसद्वारा प्रदर्शनको तयारी तीब्र, भातृ, शुभेच्छुक संस्था र वार्ड भेला सम्पन्न

झापा २४ मंसिर । बहुलबादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संवद्र्धनसहितका विविध माग राख्दै यही मंसीर २९ गते देशब्यापी विरोध प्रदर्शनको घोषणा गरेको नेपाली कांग्रेसले तयारी तीब्र पारेको छ ।
केन्द्रीय निर्देशन अनुरुप देशभरका ७७ वटै जिल्लामा गरिने प्रदर्शनको तयारी झापामा पनि तीब्र पारिएको हो । प्रदर्शनको तयारी स्वरुप आज झापाका भातृ तथा शुभेच्छुक संघ संस्थाहरुको जिल्लास्तरीय भेला विर्तामोडमा सम्पन्न भएको छ ।
कांग्रेस झापा मातहत रहेको भातृ संस्था समन्वय समितिका संयोजक देउकुमार थेवेको सभापतित्वमा सम्पन्न भेलाले आ–आफ्नो पहिचान झल्कने झण्डा र ब्यानरसहित प्रदर्शनमा सहभागिता जनाउने निर्णय गरेको छ ।


भेलामा नेपाल महिला संघ सभापति सुशिला ढकाल, नेपाल चिया बगान श्रमीक संघका केन्द्रीय सभापति दीपक तामाङ, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल तरुण दलका सभापति गोपाल तामाङ, नेपाल किसान संघ झापाका अध्यक्ष राजेन्द्र भटराई, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, आदिबासी÷जनजाति संघका अध्यक्ष चन्दन मेचे, दलित संघ केन्द्रीय सदस्य सुन्दरा लुहागुन, झापा अध्यक्ष दलबहादुर विश्वकर्मा, नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य सर्फरा शेख, झापा अध्यक्ष अमिन अलि शेख, नेपाल शिक्षक संघ अध्यक्ष नेत्र खरेल, नेपाल सांस्कृतिक संघका उपाध्यक्ष सञ्जीव चापागाई, नेपाल भूतपूर्व सैनिक संघका सचिव भगिमान गुरुङ, नेपाल विद्यार्थी संघका सचिव नारायण नेपाल लगायतको सहभागिता रहेको थियो ।
यसैगरी भेलामा नेपाल निर्माण तथा सम्बद्ध श्रमीक संघका अध्यक्ष सम्फी दास, नेपाल माछा ब्यापार श्रमीक संघका अध्यक्ष सोनालाल शाह, नेपाल रिक्सा चालक संघका हसिबु शेख लगायत विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय सदस्य, पदाधिकारी र जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।
यसैबीच प्रदर्शनको तयारीका लागि झापाका १५ वटै स्थानीय तहका १३१ वटै वडामा वार्ड भेला सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाको गत २१ गते सम्पन्न बैठकले वार्ड तहमा खटाएका जिल्ला प्रतिनिधिको सहभागितामा वडा कार्यसमितिको बैठक तथा भेला सम्पन्न भएको हो ।
कनकाई नगरपालिकाको सुरुङ्गाबाट शुरु भई सदरमुकाम केन्द्रीत हुने प्रदर्शनको पूर्वतयारीकालागि बसेको बैठकले सम्पूर्ण क्रियाशील सदस्य तथा आमलोकतन्त्र प्रेमी महानुभावमा सहभागिताका लागि अपिल पनि गरेको छ । प्रदर्शनको तयारीका लागि गाउँ, नगर र प्रदेश क्षेत्रीय समितिको संयुक्त बैठक मंसिर २५ गते हुने नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर २७ गते क्षेत्रीय समितिको बैठक सम्पन्न हुनेछ ।
कोभिड–१९ नियन्त्रण, परिक्षण र उपचारमा सरकारले देखाएको उदासिनता, अकर्मण्यता एवं स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, भ्रष्टाचारको विरोध, गत मंसिर १७ गते तनहुँमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सरकारकै निर्देशनमा भएको अभद्र ब्यवहार र दमनको विरोध तथा अविलम्ब संसद बैठक बोलाउन माग गर्दै देशब्यापी प्रदर्शनको तयारी गरिएको कांग्रेस झापाका सभापति उद्वव थापाले जानकारी दिनुभयो । सदरमुकाम केन्द्रीत हुने सो विरोध प्रदर्शनमा १५ हजार बढीको सहभागिता गराउने लक्ष्यसहित तयारी थालिएको जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेसद्वारा प्रदर्शनको तयारी तीब्र, भातृ, शुभेच्छुक संस्था र वार्ड भेला सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img