HomeFeatured 2शिक्षकमा कोरोना संक्रमण देखिएपछि हल्दिवारीका ३ विद्यालय बन्द

शिक्षकमा कोरोना संक्रमण देखिएपछि हल्दिवारीका ३ विद्यालय बन्द

हल्दिवारी २३ मंसीर । विद्यालयका १ जना शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हल्दिवारी गाउँपालिका वडा नं.–४ स्थित महेन्द्र मावि मंगलबारदेखि बन्द भएको छ । यो संगै शिक्षकमा कोरोना संक्रमण पुष्टि भएर हल्दिवारीमा बन्द हुने विद्यालयको संख्या तीन पुगेको छ ।


यसअघि हल्दिबारी–२ स्थित हल्दिबारी मावि र हल्दिबारी–५ कै धनुषा आधारभूत विद्यालयका शिक्षकमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि ती दुई विद्यालय पनि बन्द रहेका छन् ।
सरकारले विद्यालय सञ्चालनको अधिकार स्थानीय तहलाई दिएपछि हल्दिबारी गाउँपालिकाको निर्देशनमा गत मंसीर १५ गतेदेखि भौतिक रुपमै शिक्षक र विद्यार्थीका उपस्थितिमा ६ कक्षादेखि माथि तह भएका विद्यालयहरु सञ्चालनमा आएका थिए ।
२०७६ साल चैतदेखि बन्द रहेका विद्यालयहरु पुनः सञ्चालनमा आएपनि विद्यार्थीको न्यून उपस्थिति रहँदै आएको थियो ।
उपस्थित विद्यार्थीहरुलाई दुई चरणमा प्रति बेन्च एकजनामात्र विद्यार्थी राखेर पठन पाठन सुचारु गर्दै आइए पनि शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि मंसीर ३० गतेसम्मका लागि विद्यालय बन्द गरिएको महेन्द्र मावि बडाबारीका शिक्षक सिताराम खरेलले जानकारी दिनुभयो ।
उता हल्दिवारी माविका प्रधानअध्यापक टंक पाख्रिनले सूचना टाँस गरि मंसीर २१ गतेदेखि २६ गतेसम्म भौतिक उपस्थितिमा हुँदै आएको पढाई स्थगन भएको सूचना सार्वजनिक गर्नुभएको छ । १७ वटा सामुदायिक विद्यालय रहेको हल्दिवारीका कक्षा ६ देखि माथि पढाई हुने ६ वटा विद्यालयमा मंसीर एकहप्ता अघि पढाई शुरु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2शिक्षकमा कोरोना संक्रमण देखिएपछि हल्दिवारीका ३ विद्यालय बन्द
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img