Homeसमाचारसरकारको अकर्मण्यताले ब्यवस्था विरोधी सल्बलाउन थालेको थापाको आरोप

सरकारको अकर्मण्यताले ब्यवस्था विरोधी सल्बलाउन थालेको थापाको आरोप

झापा २२ मंसिर । नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले सत्तासिन दलका कारण व्यवस्था विरोधीहरु सल्बलाउन थालेको बताउनु भएको छ ।
आम जनताले रगत बगाएर ल्याएको व्यवस्था परिवर्तनको माग गर्ने विरुद्ध प्रतिपक्ष र सत्तापक्ष नभनी सबैले जाग्नुपर्ने बताउँदै सभापति थापाले सत्तासिन पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व, भ्रष्टाचार र कोरोना महामारी नियन्त्रणमा सरकार उदासिन बन्दा सबैले रगत बगाएर ल्याएको लोकतान्त्रिक गणतन्त्र विरोधीहरु सल्बलाउन थालेको टिप्पणी गर्दै भन्नुभयो–‘कोरोना संक्रमणको उपचार नपाएर जनता छटपटाइरहँदा नेकपा नेतृत्व सरकार भागवण्डाको दन्त बझानमै अल्मलिएको छ, सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै कार्यकर्ता पोस्न उद्यत छ ।’
लोकतान्त्रिक पद्धतिबाट सरकारमा पुगेपनि कम्युनिष्ट सरकार लोकतान्त्रिक पद्धति विपरित शान्तिपूर्ण कार्यक्रममा जानसमेत रोक लगाउनेदेखि अध्यादेशमार्फत कानून ल्याएर संविधान प्रदत्त कतिपय अधिकारको कटौती गरेर निरंकुश बन्दै गएको सभापति थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।’
बहुलबादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संवद्र्धन, कोभिड–१९ नियन्त्रण, परिक्षण र उपचारमा सरकारले देखाएको उदासिनता, अकर्मण्यता एवं स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता तथा भ्रष्टाचारको विरोध, मंसिर १७ गते तनहुमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सरकारकै निर्देशनमा भएको अभद्र ब्यवहार र दमनको विरोध, अविलम्ब संसद बैठक बोलाउन माग गर्दै नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुरुप आगामी मंसिर २९ गते देशभर जनप्रदर्शन गर्ने कार्यक्रम तय भएको सभापति थापाले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा पनि बृहत मोटरसाइकल ¥याली र जनप्रदर्शन तथा विरोध सभा सम्पन्न हुनेछ ।
नेपाली कांग्रेस झापाले विरोध प्रदर्शनका लागि वार्डस्तरीय बैठक, नगर–गाउँपालिका तथा प्रदेश क्षेत्रस्तरीय बैठक, निर्वाचन क्षेत्रीय बैठकको समेत तयारी गरेको बताइएको छ । आगामी मंसीर २९ गते झापाको सुरुङ्गाबाट शुरु हुने विरोध प्रदर्शन विर्तामोडमा आएर विरोधसभामा परिणत हुने जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसरकारको अकर्मण्यताले ब्यवस्था विरोधी सल्बलाउन थालेको थापाको आरोप
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img