Homeसमाचार‘सचिवालयले निकास ननिकाले स्थायी कमिटिले हस्तक्षेप गर्छ’

‘सचिवालयले निकास ननिकाले स्थायी कमिटिले हस्तक्षेप गर्छ’

झापा १३ मंसीर । नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टी भित्रको विवाद सचिवालयले समाधान गर्न नसके स्थायी कमिटिले हस्तक्षेप गर्ने बताउनु भएको छ ।
विर्तामोडमा स्थापित अत्याधुनिक सुविधा सम्पन्न होटल ग्राण्ड सिटीको उद्घाटनका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका मन्त्री भट्टराईले भन्नुभयो–‘त्यो कसको हितमा हुन्छ या अहितमा त्यो जानिदैन ।’
संकट निकासका लागि नेकपा र नेपाली कांग्रेसका नेताहरुले त्याग पनि गर्नुपर्ने बताउँदै भट्टराईले भन्नुभयो–‘शिर्ष नेताहरुले बाह्रय रुपमा जित्नु भएको छ, आन्तरिक रुपमा हार्नुपर्ने पनि हुन्छ, सधैं जितै जित नहुन सक्छ !’
नेकपाको आन्तरिक पार्टी संगठन र संकटकाबारेमा बोल्दै भट्टराईले वर्तमान अवस्थामा नेकपा फुटे देश र जनताको भाग्य नै फुट्ने बताउनु भयो । पार्टी अप्ठ्यारो ठाउँमा पुगेको स्विकार गर्दै कम्युनिष्ट एकता विभाजनको क्रमभंगता भएकोले एकताका क्रममा केही नमिलेका समस्याहरु बाहिर आएको बताउनु भयो ।
नेकपाको वर्तमान एकता प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई टिकाउनका लागि मात्र नभइ देशलाई एकता बनाइ राख्न पनि आवश्यक रहेको उहाँको भनाई थियो ।
अहिलेको अवस्थामा नेकपा कमजोर भए चरम दक्षिणपन्थीहरु सल्बलाउने बताउँदै उहाँले भन्नुभयो–नेकपा कमजोर भयो भने संविधान जलाउनेहरु सल्बलाउने छन्, गणतन्त्र विरोधी भूतप्रेत जाग्ने जाग्नेछन् ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘सचिवालयले निकास ननिकाले स्थायी कमिटिले हस्तक्षेप गर्छ’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img