Homeसमाचारमेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग गरिएको छ । लुगा उठाउने क्रममा दुई तला माथिबाट लडेर ढाडमा गम्भीर चोट लागेकि झापाको धुलाबारीस्थित (खुट्टीडाँगी) कि शान्ता अधिकारीलाई नगद १५ हजार उपचारार्थ सहयोग गरिएको हो ।


मेची–महाकाली संयुक्त आवाजकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्ले र झापा अध्यक्ष शिखा खडका गणेशको नेतृत्वमा रहेको बुहारीहरुको टोलिले अधिकारीको घरमै पुगेर स्वास्थलाभको कामनासहित सहयोग हस्तान्तरण गरेका हुन्। सो क्रममा बिरामीको लागि हर्लिक्स लगायतका पोशिला खानेकुरा पनि हस्तान्तरण गरिएको संयोजक खडकाले जानकारी दिनुभयो ।
पीडित अधिकारीका श्रीमान मनरोगी छन् भने एक छोरीको यसअघि नै निधन भएका कारण १४ बर्षिय छोरा र शान्ताले मजदुरी गरेर घर चलाइरहेको बताइएको छ । मज्दुरी गर्ने मुख्य ब्यक्ति नै अशक्त भएपछी अहिले दैनिक गुजारा र औषधि उपचारमा समेत असहज भएको पारिवारिक श्रोतले जनाएको छ । यमु शर्मा सुब्बाको नेतृत्वमा रहेको मेची महाकाली संयुक्त बुहारी आवाजले विभिन्न समस्यामा परेकाहरूलाई आफ्नै पहलमा सहयोग जुटाएर आर्थिक, कानुनी, स्वास्थ, सामाजिक सेवा पुर्याउदै आएको छ । १५ हजार बढी सहभागी सन्जालको हाल ३० बढी जिल्लामा समिति गठन भैसकेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img