Homeसमाचारसाना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न गरेको छ ।
कोरोना भाइरस संक्रमण जोखिमका कारण सबै शेयर सदस्यलाई एकै ठाउँमा उपस्थित गराउन सक्ने संभावना नरहेपछि सहकारीले कात्तिक २१ गतेदेखि शुरु गरेको दशौं बार्षिक साधारणसभाको प्रक्रियागत चरण पार गर्दै आज समापन गरिएको संस्थाका अध्यक्ष देविका निरौला बस्नेतले जानकारी दिनुभयो ।
कोरोना संक्रमण जोखिमका कारण आर्थिक वर्ष २०७६/०७७ मा लक्षित कार्यक्रमहरु सञ्चालनमा समस्या खेपेको सहकारीले अघिल्लो आर्थिक वर्षको शेयर पूँजीमा २५.२७ प्रतिशतले बृद्धि गरी ४ करोड ७३ लाख ४४ हजार आठसय रुपैयाँ पुर्याएको सहकारीले सदस्य संख्यामा भने अघिल्लो वर्षको तुलनामा ३.१४ प्रतिशतले बृद्धि गरी दुईहजार आठसय १५ पुर्याएको सचिव चन्द्रकुमार भट्टराईले जानकारी दिनुभयो ।
त्यसैगरी आव ०७६/०७७ मा कर्जा लगानीमा २३.१६ प्रतिशतले बृद्धि हुँखा १७ करोड, आठ लाख एकहजार पाँचसय ७३ पुगेको छ भने सोही अवधीमा निक्षेप संकलनमा २०.१ प्रतिशतले बृद्धि भइ ११ करोड ५६ लाख ९६ हजार पाँचसय ८९ रुपैयाँ निक्षेप संकलन भएको संस्थाका बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कोरोना संक्रमण जोखिमका कारण गत चैतदेखि भएको लकडाउनमा निक्षेपकर्ताको अधिकतम रकम फिर्ता गर्नु परेका कारण निक्षेपमा सोचेजस्तो प्रगति गर्न नसकेको सचिव भट्टराईले बताउनु भयो ।
विभिन्न कोषहरुमा एककरोड २३ लाख आठहजार तीनसय ३४ रुपैयाँ राखेको संस्थाको अघिल्लो वर्षको तुलनामा समग्र कारोकारमा २.३ प्रतिशतले बृद्धि भई कुल ६५ करोड, ९० लाख ६१ हजार तीनसय सात रुपैयाँ बराबरको कारोबार भएको साधारणसभा समापनका अवसरमा आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।
गतवर्ष संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको संस्थाले निकट भविष्यमा आफ्नै भवन बनाउने लक्ष्य राखिएको उपाध्यक्ष रामलोचन न्यौपानेले जानकारी दिनुभयो । जसका लागि सभाआठ धुर जमिन समेत खरिद गरिसकेको बताइएको छ ।
साधारणसभा समापन कार्यक्रममा कोषाध्यक्ष देवीप्रसाद अधिकारी, सदस्य अनिता मैनाली संग्रौला, सुरुङ्गा सेवा केन्द्रका ऋषी राई र राजेन्द्र उप्रेती, लेखा सुपरिवेक्षण समिति सदस्य चन्द्रबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
यसअघि कात्तिक २१ गतेदेखि २८ गतेसम्म सञ्चालित साधारणसभामा एकहजार सातसय ८८ जनाको सहभागिता रहेको सचिव भट्टराईले जानकारी दिनुभयो ।
कोरोना संक्रमणका बाबजुद चालु आवमा संस्थाले आफ्ना सदस्यहरुको अधिकतम हितलाई ध्यानमा राख्दै संकटमा साना मझौला, सृष्टि सम्मान कार्यक्रम, हाम्रो सन्तती हाम्रो उद्देश्य, ज्येष्ठ सदस्य–हाम्रो गौरव, विद्यार्थी राष्ट्रका कर्णधार, हाम्रा सन्तती हाम्रो भविष्य, मानवीय सेवा–हाम्रो धर्म, जटिल तथा धातक रोगमा हाम्रो सहयोग, विपतको साथी साना मझौला, उज्यालो संसारमा हामी, असल कार्य: आफ्नै पहिचान, हाम्रो परिवार–शिक्षित परिवार, धर्म कर्ममा हाम्रो मन, आन्तरिक पर्यटनको बढावा हाम्रो लक्ष्य, हाम्रो संस्कार हाम्रो संस्कृति, जोखिममा हाम्रो चिन्ता जस्ता शिर्षक राखेर कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रममा संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतले कोरोना कहरका कारण संस्थाले सोचे जस्तो उपलब्धि हासिल गर्न नसकेको बताउनु भयो ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी निरीक्षक डिल्ली दाहाल, संस्थाका उपाध्यक्ष रामलोचन न्यौपाने, कोषाध्यक्ष देवीप्रसाद अधिकारी, सदस्य अनिता मैनाली संग्रौला, लेखा समिति सदस्य चन्द्रबहादुर बस्नेत, कनकाई सदस्य सेवाकेन्द्रका संयोजक राजेन्द्र उप्रेती, सदस्य ऋषि राई लगायतको सहभागिता रहेको थियो । कोभिड–१९ को कहरमा सहकारी रजिष्टारको कार्यालयले जारी गरेको निर्देशन अनुसार गत कात्तिक २१ गतेदेखि २८ गतेसम्म साधारण सभा गरिएको जसमा संस्थाका एक हजार सात सय ८८ जना सदस्यले रायसुझावसहित प्रतिवेदन संस्थामा बुझाएको बताइएको छ ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा कार्यकारी प्रमुख चन्द्रकुमार भट्टराईले गर्नुभएको थियो ।
संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसाना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img