Homeसमाचारतास जुवा खेल्ने १६ जना पक्राऊ

तास जुवा खेल्ने १६ जना पक्राऊ

विराटनगर ६ मंसीर । मोरङको रतुवामाई नगरपालिका–८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन् । शुक्रवार राती साँढे ११ बजे स्थानीय सागर गडतौलाको घरमा जुवा तास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद एकलाख ६९ हजार ६९५। रुपैयाँ, कौडा १६ थान, एक बुङ तास, मोबायल थान–१६, मोटरसाईकल–१९ वटा र २ वटा कार सहित १६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका–७ का ४७ बर्षीय डिल्लीराम चौलागाई, ३५ बर्षीय मोती पौडेल, ४३ बर्षीय रामनाथ मैनाली, ४१ बर्षीय देबी प्रसाद प्रसाई, ३७ बर्षीय रामनाथ नेपाल, ४५ बर्षीय हेमलाल प्रसाई, ४० बर्षीय नारायण चुडाल, रतुवामाई नगरपालिका–८ का ४४ बर्षीय सन्त ब।राई, ३५ बर्षीय सागर गडतौला, ४५ बर्षीय दिपक ढुङगाना, ४५ बर्षीय देबराज घिमिरे, ३८ बर्षीय अशोक भट्टराई, ३९ बर्षीय राजन हस्ता सतार, ४५ बर्षीय गोपी पराजुली, ३६ बर्षीय रबिन पोखरेल र बेलबारी नगरपालिका–७ का २२ बर्षीय गणेश श्रेष्ठ रहेका छन् । पक्राउ परेका माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतास जुवा खेल्ने १६ जना पक्राऊ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img