Homeविचारट्रम्प बहिर्गमनको रहस्य

ट्रम्प बहिर्गमनको रहस्य

लिलाबल्लभ नेपाल
पैसा र शक्तिमा विश्व हल्लाउन चाहने अनौठो राष्ट्रबाद बोकेका डोनाल्ड ट्रम्प पक्कै पनि गरिबमारा, स्वार्थी र आत्मकेन्द्रित ब्यक्ति हुन् । उनको चार बर्षे कार्यकाल अन्य शक्ति राष्ट्रहरुलाई धारे हात बनाउँदैमा बित्यो । कुनै सिद्धान्त तथा योजना बिहिन रुपमा प्रस्तुत हुने ट्रम्पले आफ्नो कार्यकाल भरी नैतिकता प्रस्तुत गर्न सकेनन् जुन उनको बहिर्गमनको प्रमुख कारण बन्यो । उनी सधै भरी ब्यक्तिगत फाइदा हुने किसिमको अमेरिकी नीति बनाउँन नै ब्यस्त भए । जे गर्दा आफुलाई फाइदा हुन्छ उनले राष्ट्रप्रतिको कुर्सी त्यतैं घुमाए जसको कारण उनले न त अमेरिकीहरुकै मन जित्न सके नत अमेरिकालाई विश्वले हेर्ने सकारात्मक नजर नै बनाउन सके । उनले रंगभेदलाई बढावा दिंदै काला जातीलाई सिध्याउने खेलमा सधैभरी लागि परे र स्वेत सर्बोच्चता स्थापित गर्न तल्लिन रहे । काला भएकै कारण पूर्ब राष्ट्रपति बाराक ओबामालाई कुनै कुरामा जस दिन चाहेनन् जसको कारण अन्दाधुन्द रुपमा ओबामाका निर्णयहरु उल्ट्याउँदै गए । उनले ओबामाका त्यस्ता निर्णय उल्ट्याए जसले स्वयंम अमेरिकालाई नै १० वर्ष पछाडी धकेलिदियो ।


किन परे ट्रम्प बहिरगमनमा ?
अमेरिकालाई हेर्ने विश्वको नजर बदलियो
चार वर्षअघि राष्ट्रपति बन्दै गर्दा ट्रम्पले अमेरिकालाई विश्वको सबैभन्दा महान मुलुक बनाउछु भन्थे तर उनको बहिर्गमन सम्म आइपुग्दा अमेरिका १० बर्ष पछाडी धकेलिएको उनले पत्तै पाएनन् । अमेरिकालाई हेर्ने बिश्वको नजर नकारात्मक बनेको छ जसको कारण अमेरिकाको साख विश्व सामु खस्किएको एक अध्ययनले देखाएको छ । बेलायत, फ्रान्स, जर्मनी लगायतका देशका जनताहरुले अमेरिकालाई नकारात्मक नजरले हेर्न थाल्नु पक्कै पनि अमेरिकाको लागि चुनौतिको बिषय हो जसको कारण ट्रम पदच्युत हुन पुगे ।
आप्रवासी नीतिमा कडाइ
ट्रम्पको कार्यकालमा अमेरिकामा आउने आप्रवासीमा कडाइ गरिएको थियो । पदको शपथ लिएको केही सातामा नै ट्रम्पले सात मुस्लिम मुलुकबाट अमेरिका भ्रमणका लागि आउने मानिसहरुमा कडाइ गरेका थिए । जसको व्यापक आलोचना मात्र भएन उनको पदच्युतको कारण पनि बन्यो ।
जलवायु परिवर्तनको मुद्दाबाट बाहिरिनु
सन् २०१५ मा फ्रान्सको पेरिसमा जलवायु परिवर्तन न्यूनीकरणका लागि भएको सम्झौताबाट ट्रम्पले बाहिरिने निर्णय गर्नु उनको कार्यकालको गम्भीर ठुलो कमजोरी हो जुन निर्णयले विश्व राजनीतिमा तरंग ल्याएको थियो । ट्रम्पले जलवायु परिवर्तनको मुद्दालाई सधै बेवास्ता गरे । उनले यो जलवायु परिवर्तन भनेको केही होइन, केवल गफ हो भन्ने धारणा राख्नुले उनको क्षमता माथी प्रश्न चिन्ह खडा भएको छ । उनले जलवायु परिवर्तनको न्यूनीकरणको लागि चालिएको कदमले अमेरिकालाई ठूलो नोक्सानी हुने भन्दै यसबाट बाहिरिने निर्णय गरे तर सोही निर्णय उनको अस्तित्वको संकट बन्यो ।
इरानसँग युद्ध नजिकको सम्बन्ध
उनको कार्यकालमा अमेरिकाको इरानसँगको सम्बन्ध बिग्रिनु र उनले इरानसँगको आणविक सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिवन्धको निर्णय गर्नु र इरानका सबैभन्दा शक्तिशाली अधिकारी कासिम सुलेमानीको इराकमा हत्या गर्नु र जसको कारण सयौ अमेरिकी सैनिकहरु गुमाउनु उनको ओरालो यात्राको महत्वपूर्ण कारण हो ।
व्यापार सम्झौताबाट बाहिरिने निर्णय
ट्रम्पले आफ्नो कार्यकाल सुरु गरेको केही समयमा नै १२ मुलुकहरुसँगको ट्रान्स प्यासिफिक पार्टनरसिप सम्झौताबाट बाहिरिने निर्णय गरे जसको प्रत्यक्ष फाइदा चीनलाई भयो जसको कारण ट्रम्पले पपुलारिटी गुमाउँदै गए । ट्रम्पले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई पनि अहिलेसम्मकै सबैभन्दा खराब सम्झौता भन्दै पुनः वार्ता गरे जुन नीतिको कारण अमेरिकाको चीनसँग व्यापारयुद्ध सुरु भयो र अप्रत्यक्ष रुपमा अमेरिकालेनै घाटा बेहोर्नु पर्यो जसको कारण उनको कुर्सी कमजोर भयो ।
चीनसँगको बढ्दो तनाव
ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएसँगै चीनप्रति अनुदार नीति लिंदै चीनसँग नकारात्मक सम्बन्ध बनाउँदै गए । जसको कारण अमेरिकाको चीन सँग तनाबप”र्ण सम्बन्ध शुरु भयो । बिना कारण चाइनिज एपमाथि अमेरिकामा प्रतिबन्ध लगाउने र अमेरिकामा कोरोना महामारी नियन्त्रण गर्न पहल गर्नु पर्नेमा उल्टो चीनलाई आरोप लगाउँदैमा ब्यस्त भए जसको कारण उनले पराजयको सामना गर्नु पर्यो ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई छोड्ने निर्णय लिनु र डब्लुएचओलाई दिईदै आएको सहयोग रोक्दा अमेरिका स्वयंलाई समेत हानी पुग्न गयो जुन ट्रम्पको एकदमै ठूलो मूर्खतापूर्ण स्वार्थीपन र पदीय असफलता हो ।
८ आफूलाई महाशक्ति दाबी गर्ने अमेरिकाले संसारको मानवअधिकार रक्षाको नेतृत्व समेत गर्नु सकेन त्यसमाथी संयुक्त राष्ट्र संघको मानवअधिकार काउन्सिलबाट अमेरिकालाई झिक्ने लज्जास्पद निर्णय गर्नु अमेरिकालाई मात्र होइन समग्र विश्वकै लागि नराम्रो कुरा हो जसको कारण ट्रम्पको साख खस्कियो ।

९. संसारलाई एकीकृत गर्नुको सट्टा चीन, फ्रान्स, क्यानडा, जर्मनी लगायत उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)मा आवद्व लोकतान्त्रिक देशहरूसँग पनि सम्बन्ध बिगारेर संसारलाई विभाजित बनाउने प्रयास गर्नु ट्रम्प बहिर्गमनको महत्वपूर्ण करण हो ।
१०. आफु लोकतान्त्रिक देशको राष्ट्रपति भएर उत्तर कोरिया, टर्की, ब्राजिलजस्ता देशका स्वेच्छाचारी, सर्वसत्तावादी तानाशाहहरूसँग राम्रो सम्बन्ध बनाउँदै लोकतन्त्र माथिनै धावा बोल्ने प्रयास गर्नु उनको ठुलो कमजोरी हो । कहिल्यै अरुलाई सम्मान गर्न नजान्नु र आफ्नै बोलिको टुंगो नहुनुले उनी असफलताको बाटो लाग्न बाध्य भए ।
स्रोतः Online Media/Website मा प्रकाशित बिभिन्न लेख तथा रचनाहरु
बिराटनगर

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विचारट्रम्प बहिर्गमनको रहस्य
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img