Homeसमाचारनारी सञ्चार गृहको अक्षयकोषमा पत्रकार र संचार गृहको सहयोग

नारी सञ्चार गृहको अक्षयकोषमा पत्रकार र संचार गृहको सहयोग

झापा २२ कात्तिक । नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा शनिबार एकै दिन २१ हजार बढी रुपैयाँ सहयोग जुटेको छ ।
पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील मायामितु न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारेर नारी सञ्चार गृह झापाद्वारा स्थापित अक्षयकोषमा १० हजार १ सय ५ रुपैयाँ प्रदान गर्नुभएको छ भने विर्तामोडस्थित रेडियो भिजनले ११ हजार रुपैयाँ कोषका लागि हस्तान्तरण गरेको छ ।
शनिवार रेडियो भिजनको कार्यालयमा पुगेको नारी सञ्चार गृह टोलीलाई पत्रकार न्यौपाने र रेडियो भिजनका कार्यक्रम निर्देशक विशाल नेम्वाङले रकम हस्तान्तरण गरेका हुन् ।


दशैंमा टिका लगाउँदा प्राप्त भएको दक्षिणसहित वर्षदिन भरी विभिन्न समयमा आफूलाई प्राप्त हुने अतिरिक्त रकम र खाना नथपि खाँदा हुने वचतलाई मूल्यमा कन्भर्ट गर्दा हुने रकमलाई विगत १७ वर्षदेखि आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको न्यौपानेले बताउनु भयो । उहाँले कोषका लागि १० हजार १ सय ५ रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीले जानकारी दिनुभयो ।
त्यसैगरी नारी सञ्चार गृहले अक्षयकोष बृद्धिका लागि वर्षेनी तिहारको समय पारेर सामुहिक रुपमा देउसी खेल्दै आएको स्मरण गर्दै यसवर्ष कोरोना कहरका कारण खुलेर देउसी खेल्ने अवस्था नरहे पनि २०७७ सालको तिहारको देउसीकै दक्षिणा स्वरुप ११ हजार रुपैयाँ प्रदान गरेको छ ।
रेडियो भिजनका कार्यक्रम निर्देशक विशाल नेम्वाङ्गले नारी संचार गृहको टोलीलाई नगद ११ हजार हस्तान्तरण गर्नुभएको संस्थाका सहसचिव शुशिला संग्रौलाले जानकारी दिनुभयो ।
घर घरमा गएर देउसी खेल्ने अवस्था नरहेपनि पवित्र उद्देश्य राखेर स्थापना गरेको कोषमा दक्षिणा दिएको रेडियो भिजनका प्रबन्ध निर्देशक गणेश पोखरेलले बताउनु भयो । सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेलले नारी संचार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर शुरु गरेको अक्षयकोषले सार्थकता पाउने धारणा राख्दै सामाजिक कार्यमा व्यक्तिगत सम्बन्धलाई जोड्न सक्नुपर्नेमा जोड दिनुभयो । सामाजिक काम सहज नहुने बताउँदै पोखरेलले अप्ठ्यारो काममा प्राप्त हुने सफलताले नै नेतृत्वका मापन गर्ने बताउनु भयो ।
अनौपचारिक रुपमा सम्पन्न सहयोग हस्तान्तरणका अवसरमा नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीले सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै दाताको विश्वासलाई टुट्न नदिने वचनवद्धता व्यक्त गर्दै संस्थामाथिको पारदर्शितालाई निगरानी पनि जारी राख्न आग्रह गर्नुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनारी सञ्चार गृहको अक्षयकोषमा पत्रकार र संचार गृहको सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img