Homeसमाचारमेची कोरोना अस्पतालमा संक्रमितको उपचारमा बेवास्ता, ज्यान गुमाउँदै बढ्दै

मेची कोरोना अस्पतालमा संक्रमितको उपचारमा बेवास्ता, ज्यान गुमाउँदै बढ्दै

भद्रपुर । कोरोना संक्रमितको उपचारमा बेवास्ता गर्ने क्रम बढेसँगै कोरोना उपचार केन्द्र मेचीमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।
कोरोना उपचार केन्द्र मेचीमा उपचारका लागि राखिने विरामीको रेखदेखका लागि खटाइएका विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरूले बेवास्ता गर्ने क्रम बढेसंगै ज्यान गुमाउनेको संख्या बढ्न थालेको हो ।
पछिल्लो पटक कोरोना संक्रमणबाट ज्यान गुमाएका भद्रपुरका ६० वर्षीय नुनिया उपनामले परिचित लक्ष्मीसिंह राजपूतको निधन उपचारमा चरम लापरवाहीले भएको आरोप परिवार सहित नेपाली काँग्रेस क्षेत्रीय समितिले लगाएको छ ।
कार्तिक ४ गते साँझ निधन भएका राजपूतको उपचारमा चरम लापरवाही भएको भीडियो बाहिरिएसँगै परिवार तथा नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ ले कोरोना अस्पताल विरामी बचाउने उपचार केन्द्र हुन नसकेको भन्दै अतिआवश्यकीय उपकरणहरू आइसियू, भेन्टिलेटर वार्ड निर्माण हुनु पर्ने, मानवीय सम्वेदना हराउने गरी स्वास्थ्यकर्मीबाट कोभिड १९ संक्रमितप्रति भइरहेका व्यवहारहरू परिवर्तन हुनु पर्ने लगायत माग समेत राखेर विज्ञप्ति जारी गरिएको छ । क्षेत्रीय सभापति गणेश पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अस्पतालमा उपचारका लागि आइपुग्ने विरामीको उपचार सेवामा लापरवाही नगर्न सचेत समेत गराइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेची कोरोना अस्पतालमा संक्रमितको उपचारमा बेवास्ता, ज्यान गुमाउँदै बढ्दै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img